सुमेरु अस्पतालको ठगी धन्दा, सिडिओले थाले कारबाही


काठमाडौं । जावलाखेलमा रहेको सुमेरु सिटी अस्पतालले चलाएको ठगी धन्दामाथि जिल्ला प्रशासन कार्यालय, ललितपुरले कारबाही थालेको छ ।

स्वास्थ्य लाइभले ‘सुमेरु सिटी अस्पतालको ठगी धन्दा, एन्टिजेन गर्दै २५ सय लिँदै’ शीर्षकमा समाचार प्रकाशित गरेपछि ललितपुर प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्यायले सुमेरू अस्पतालमाथि कारबाही प्रक्रिया अघि बढाएको बताए । कार्यालयमा परेको उजुरी र समाचारसहित प्रहरीलाई कारबाही पक्रिया अघि बढाउन निर्देशन दिएको सिडिओ उपाध्यायको भनाइ छ ।

अनिता घिमिरेको दायाँ मिर्गौलामा पथ्थरी भई उपचारका लागि सुमेरु सिटी अस्पताल जावलाखेल गएकी थिईन् । स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार कोभिड १९ पत्ता लगाउनका लागि गरिने एन्टिजेन परीक्षण शुल्क एक हजार मात्र लिन पाउनेमा सुमेरूले २५ सय रुपैयाँ लिएर ठगी गरेको भेटिएको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजातअनुसार सुमेरु सिटी अस्पतालले कोरोना जाँच गराउन पुगेका नागरिकसँग एन्टिजेन परिक्षणको मात्रै २५ सय रुपैयाँ लिएको छ। बिरामीले परीक्षणबाहिर गराउछु भन्दा पनि सुमेरु सिटीले जबर्जस्त आफ्नै अस्पतालमा परीक्षण गराउन बाध्य पारेको उनको गुनासो छ ।

सबैभन्दा भरपर्दो परिक्षण कोरोनाका लागि आरटी-पिसिआर विधि हो । उक्त परीक्षण पनि सरकारले २ हजार भन्दाबढी लिन नपाउने गरी शुल्क तोकेको छ । तर सुमेरूले एन्टिजेन परीक्षण गर्दा आरटी-पिसिआर कै शुल्क लिएर ठगी गरेको फेला परेको हो । नागरिक ठग्ने अस्पतालमाथि कारबाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

स्वास्थ्य सेवा विभागका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले अस्पतालमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएका हुन् । ललितपुरका सिडिओ उपाध्यायले नागरिक ठग्ने अस्पतालमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com