सांसदको रकमबाट आफ्नो क्षेत्रका जनतालाई खोप लगाउन पाउनु पर्ने दिपेन्द्रको माग


काठमाडौं । जिल्लाको क्षेत्र नम्बर १ (क ) बाट निर्वाचित बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले सांसदको रकमबाट आफ्नो क्षेत्रका जनतालाई खोप लगाउन पाउनु पर्ने माग राखेका छन् ।

बागमती प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा अनले सांसदहरुले पाउँदै गरेको प्रदेश पूर्वाधार विकासको बजेटमा आवश्यक रकम थप गरेर आफ्नो क्षेत्रमा बसोबास गर्ने जनतालाई खोप लगाउन पुग्नेगरी बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग राखेका छन् ।

No description available.

प्रदेश पूर्वाधारको रकम बढाएर खोप किन्न सक्नेगरी व्यवस्थापन गर्न र आर्थिक राहत प्याकेजको घोषणा गर्न सांसद श्रेष्ठले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनले लकडाउनका कारण जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै यसमा गम्भीर हुन सरकारलाई चेतावनी दिएका छन् ।

सांसद श्रेष्ठले बुद्धनगरमा पार्क बनाउन लागेको सरकारी जग्गामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवरोध गरेको भन्दै कारबाही गर्नसमेतमाग राखेका छन् । सर्वोच्च अदालतले सरकारी हुने फैसला गरेको जग्गामा मेयर शाक्यले भूमाफियासँग मिलेर पार्क बनाउन अवरोध गरेको सुनाउँदै उनले आक्रोश व्यक्त गरे ।

महाननगरपालिकामा रहेको कार्यान्वयन एकाईलाई उक्त कार्यक्रम रोक्ने अधिकार नरहेको बताउँदै सांसद श्रेष्ठले मेयर शाक्यमाथि कारबाही गर्नुपर्ने तर्क गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com