वीपीका निर्देशक शाहले मागे भिसी, रेक्टर र रजिष्ट्रारको राजीनामा , आफू पनि हट्न तयार


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले वीपीका उपकुलपति(भिसी), रेक्टर र रजिष्ट्रार तीनैजनाको राजीनामा मागेका छन् । उनले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरू खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आफूले पनि पद छोड्न तयार रहेको संकेत गरेका छन् । शाहले आफ्ना लागि प्रतिष्ठानको पदाधिकारीको पद अस्थायी र प्राध्यापक पद स्थायी भएको उल्लेख गर्दै ‘प्रतिष्ठानलाई अनिर्णय बन्दी बनाउने र प्रतिष्ठानको आचारसंहिताविपरीत गोपनियता भंगगरी एकले अर्कालाई हानी गर्ने चाहे पूर्ण उपकुलपतिका रुपमा वा कार्य वाहक उपकुलपति, रजिष्ट्रारको रूपमा असीमित अधिकार प्रयोग विवादस्पद निर्णय गरेर प्रतिष्ठानको वदनाम गर्ने आफू भन्दा माथिल्लो तहका तीनजना पदाधिकारीले तत्काल् राजीनामा दिई प्रतिष्ठानलाई निकाश दिनुपर्ने’ उल्लेख गरेका छन् ।शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्देशक शाहले सबैले राजीनामा दिएर प्रतिष्ठानमा नयाँ सोच र प्रतिष्ठानको शाख पुरानै अवस्थामा फर्काउन सकिने दाबी गरेका छन् ।उनले प्रतिष्ठानलाई हालको अवस्थाबाट मुक्त नगरे प्रतिष्ठान सधैका लागि बन्द हुने चेतावनीसमेत दिएका छन् । तीनजना पदाधिकारीले छोडे आफूले पनि सरकारलाई सहयोग गर्ने धारणा निर्देशक शाहले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com