एमालेबाट विराटनगरको उपमेयरको उम्मेदवार बनेकी कार्कीले अस्पतालबाट राजीनामा दिइन् 


काठमाडौं । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराैला कार्कीले कोशी अस्पतालको विकास समिति सदस्यबाट राजीनामा दिएकी छिन् । गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका अमरेन्द्र यादवले उनीविरुद्ध उजुरी दिएपछि राजीनामा दिएकी हुन् ।

कोशी अस्पताल बहालवाला सदस्यको हैसियतमा कार्कीले विराटनगर महानगरको उपमेयरमा उम्मेदवारी दिएपछि उनको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्थालाई चुनौती दिँदै कार्कीले उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइन्छ । उमेदवारी दर्ता गरेपछि राजीनामा दिएकी कार्कीको उम्मेदवारी उक्त कानुनलाई टेकेर खारेज गर्ने बलियो सम्भावना छ ।

कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले कार्कीले राजीनामा दिएको पुष्टि गर्दै स्वीकृत भइनसकेको बताएका छन् । उम्मेदवारीपछिको राजीनामा भएकाले उनको उम्मेदवारी विवादमा परेको छ । अदालतबाट स्टे अर्डर लिएर बचाएको जागिर अहिले कार्कीका लागि गलपासो बनेको छ । उपमेयरकी उम्मेदवार कार्कीले बैठक भ्रमण भत्ता, भ्रमण भत्ता लगायतका सुविधा लिएको अस्पतालले जनाएको छ ।

 

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## कोशी अस्पताल, #विकास बोर्ड सदस्य, #विराटनगर महानगरपालिका उपमेयर, #शिल्पा निराला कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com