प्यूठान अस्पतालका प्रमुख पार्धेको एमाले उम्मेदवार जिताउन लबिइङ


काठमाडौं । प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले एमाले उम्मेदवार जिताउन लबिइङ गरेका छन् । उनले प्यूठान नगरपालिकाको मेयरमा सूर्यध्वजाबाहक उम्मेदवार र विजयबिराज विष्टलाई जिताउन सामाजिक सञ्जालबाट लबिइङ गरेका हुन् ।

युवा नेता, अबको जिल्लाको विकासलाई केन्द्र प्रदेशबाट उत्कृष्ट समन्वय गर्न सक्ने भन्दै प्यूठान अस्पतालका निमित्त प्रमुख पार्धेले प्यूठान नगरपालिकाका मेयरको उम्मेदवार विष्टको पक्षमा खुलेआम भोट मागेका छन् ।

प्यूठान अस्पतालका निमित्त कार्यालय प्रमुख खिम पार्धेले यसरी कर्मचारीको न्यूनतम ख्याल नगरी एमालेको प्रचारप्रसार गरेको देखियो यो गल्ती रोक्ने जिम्मेवारी कस्को भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ ।

अस्पतालका निमित्त प्रमुखनै उम्मेदवारको प्रचार प्रसारमा हिँडेपछि अस्पतालमा आउने बिरामी भने मर्कामा परेका छन् । बामदेव गौतम पटक पटक मन्त्री हुँदा स्वकीय सचिवको भूमिकामा रहेका विष्ट नेकपा एमालेको तर्फबाट प्यूठान नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । गौतमसँग निकट रहेर काम गरेका उनको समर्थन र प्रचार प्रसारमा प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेनै मैदानमा उत्रिएपछि यसले चर्चा पाएको हो ।

 

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com