आइतबार सार्वजनिक विदा दिने निर्णयमा गोदानको आपत्ति


काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णयमा सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आपत्ति जनाएको छ । स्वास्थ्य क्षेत्रमा लागू नहुने गरी आइतबार सार्वजनिक विदा दिने निर्णय भएको भन्दै गोदानले आपत्ति जनाएको हो ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेका छ । त्यसमा स्वास्थ्य र अन्य क्षेत्रमा विभेद गरिएको भन्दै गोदानले आपत्ति जनाएको छ ।

‘नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी आइतबार समेत सार्वजनि विदा दिने निर्णय गरेको तर सो निर्णय स्वास्थ्य क्षेत्रमा लागू नगरिने भन्ने प्रति यस संघको ध्यानाकर्षण भएको छ । एउटै प्रवेश विन्दु र एउटै ऐनका कर्मचारीहरुबीच फरक-फरक व्यवहार हुनु न्यायसंगत हुन सक्दैन’, गोदानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यदी स्वास्थ्य क्षेत्रलाई विशेष क्षेत्र मान्ने हो भने स्वास्थ्यको कर्मचारीलाई खाली कार्य बोझ मात्र बढी नभई विशेष थप सुविधा, अतिरिक्त सेवा तथा प्रोत्साहन भत्ता दिन अनिवार्य हुने गोदानको भनाइ छ ।

स्वास्थ्यमा आइतबार यदी विदा नपाउने हो भने अन्य सेवाका कर्मचारीको तुलनामा वर्षको ५२ पिन अधिक थप कार्यभार हुने आउनेछ र यसको व्यवस्थापन अपरिहार्य रहेको गोदानको धारणा छ ।

विना कुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन बिनाको उपरोक्त निर्णयमा कुनै समर्थन नरहेको भन्दै सो तत्काल व्यवस्थित गर्न सरकार समक्ष गोदानले अनुरोध गरेको छ । गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. किर्तिपाल सुवेदीले हस्ताक्षर गरेर उक्त विज्ञप्ति जारी गरेका छन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #किर्तिपाल सुवेदी, #गोडान, #रविन खड्का, #सरकारी चिकित्सक संघ, #सार्वजनिक विदा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com