वैशाख ३० को चुनावमा १० हजारबढी स्वास्थ्यकर्मी परिचालन 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि हरेक मतदान केन्द्रमा एकजना स्वास्थ्यकर्मी परिचालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मतदान केन्द्रमा हुने भिडलाई मध्यनजर गर्दै प्रति मतदान केन्द्र एक स्वास्थ्यकर्मी राखिने भएको हो । स्वास्थ्य मन्त्रालयले विगतका कोभिड घटनासम्मलाई हेरेर स्वास्थ्य मापदण्ड पालना अनिवार्य रुपमा सेवा गर्न सबैमा आग्रह समेत गरेको छ ।  कोभिडको जोखिम जारी रहेकाले त्यसलाई विशेष ध्यानमा राखेर निर्वाचनमा सहभागी हुन  मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले अनुरोध गरे ।

निर्वाचन आयोगले तयार पारेको सुचि अनुसार १० हजार ७ सय ५६ मतदान केन्द्रहरू रहेका छन् । मन्त्रालयले त्यतिनै संख्यामा स्वास्थ्यकर्मी निर्वाचनमा परिचालन हुने छ । हरेक मतदान केन्द्रमा मास्क, स्यानिटाइजरको निर्वाचन आयोगले गर्नेछ ।

बिस्तारै कोभिड बढ्न थालेको समयमा निर्वाचन परेको छ । निर्वाचनको भिडले केस बढाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।  मतदानमा हुने भिडले कोभिड बढाउन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले मतदानमा भाग लिन जाँदा माक्स, स्यानिटाइजर, सामाजिक दूरीको पालना गर्न नभुल्न सबैमा अपिल गरेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## स्वास्थ्यकर्मी, #निर्वाचन आयोग, #मतदान, #मास्क, #स्यानिटाइजर, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com