वीपीका किर्ते प्राध्यापकको पक्षमा उभिएकी मञ्जु भण्डारीलाई अन्तरघातको खतरा


काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीको पक्षमा उभिएकी मञ्जु भण्डारीलाई अन्तरघात त्रास बढेको छ । वीपी प्रतिष्ठानको सिनेट सदस्यको हैसियतमा किर्ते प्राध्यापक गिरीको पक्षमा खुलेर लागेकी धरान उपमहानगरपालिकाको मेयरकी उम्मेदवर भण्डारीलाई एलेभित्रैबाट अन्तर्घातको खतरा बढेको हो ।  एमालेभित्रको १० बुँदे पक्षधरलाई पेल्दा धरानमा एमालेभित्र भाँडभैलो मच्चिएकाले उनीमाथि अन्तरघात मञ्जु भण्डारीलाई अन्तरघात हुने सम्भावना देखिन्छ ।

१० बुँदेको पक्षमा लागेका नेताहरुलाई वडादेखि माथिल्लो तहसम्म कुनै जिम्मेवारी नदिएपछि उनीहरू अहिले निष्क्रिय रहेका छन् । ओली गुटले आफूहरूलाई पेलेको भन्दै त्यसको हिसाब चुनावमा गर्ने भनेर आफूहरू भित्रभित्रै तयारीमा लागेको १० बुँदे पक्षधरका नेताहरूको भनाइ छ । पार्टीको अधिवेशनमा रेवतीरमण भण्डारी समूहले १० बुँदेको पक्षमा लागेका खेमराज पोखरेल समूहका एक जना सदस्य समेत नराखी कमिटी गठन गरेका छन् । टिकट वितरणमा पनि भण्डारी समूह हाबी भएपछि पोखरेल समूहले चुनावमा बदला लिने रणनीति अपनाएका छन् ।

इनरुवा नगरपालिकाको मेयरमा उठ्ने तयारीमा रहेका खेमराजलाई पेलेर सरोज पोखरेललाई टिकट दिएपछि उनी निकै रुष्ट बनेको चर्चा छ । त्यसको असर सबैभन्दा बढी धरानमा पर्ने आँकलन गरिएको छ ।

सुनसरीको धरानमा पोखरेल समूहका भनेर चिनिने मोतीराज सुनुवार, विजय राई चुनावी गतिविधमा नदेखिनुले यो कुरामा दम देखिन्छ । त्यो पक्षका विजय राईलाई कोणसभाको जिम्मेवारी दिएपनि उनी औपचारिकता निभाउने काममा मात्र लागेको १० बुँदे पक्षधरहरु बताउँछन् ।

यसैगरी मेयर पदका हेभीवेट उम्मेदवार मनोजकुमार मेन्याङ्वोलाई पनि ओली समूहले पेल्न थालेपछि पार्टीबाट विरक्तिएका छन् ।  उनीभन्दा जुनियर तथा चाकडी चाप्लुसी बाट राजनीतिमा उदाएकी मञ्जु भण्डारीलाई केपी ओलीको आर्शिवादमा दोहर्याएर टिकट दिएपछि मेन्याङ्वोलगायत उनका समर्थक कार्यकर्ता तथा मतदाताहरु समेत रुष्ट बनेको उनी निकट व्यक्तिहरू सुनाउँछन् ।  आर्थिक उप समितिको जिम्मेवारी पाएका मेन्याङ्वो चुनावी अभियानमा सक्रियतापूर्वक नलागेको चर्चा छ ।

बैशाख २४ गते धरानको भानुचोकमा आयोजित चुनावी आमसभामा पनि मेन्याङ्वो देखा नपरेपछि मञ्जु भण्डारीलाई संकट आइलागेको छ । उक्त चुनाबी आमसभामा मेन्याङ्वोलाई स्वागत भाषण गर्ने जिम्मेवारी दिइएको थियो । भानुचौकको सभामा १० बुँदे समुहका नेताहरुको समेत उपस्थिति थिएन । ओली गुटको पेलानलाई सहन नसकेर धरानका नेता रेवतीरमण राई हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै समाजवादीको धरान नगर अध्यक्षको कमाण्ड सम्हाल्न पुगेका छन् ।   यसैगरी एमालेभित्र १० बुँदे समुह भित्रका भनेर चिनिने धरानका स्थानिय नेताहरु राजमणी निरौला, नारायण सुवेदी, जयकुमार राई, प्रकाश राई, प्रदिप भण्डारीहरु पनि मञ्जु भण्डारी हराउ अभियानमा रहेको श्रोतको भनाई छ । उनीहरुले खुलेर पार्टीविरुद्ध भडास नपोखे पनि भित्रभित्रै निष्कृय बसेकाले गठबन्धनका किशोर राईलाई फाइदा पुगेको छ ।

ओली समुहकी मेयरकी उम्मेदवार मञ्जु भण्डारी समुहले पनि खेमराज पोखरेल समुहका उपमेयरका उम्मेदवार पदम प्रसाद लिम्वु, १३ नम्वर वडाका वडाध्यक्षका उम्मेदवार नेत्र काफले, १५ नम्वर वडाका उम्मेदवार नरेश ईंवारम जस्तालाई छानीछानी हराउने भित्रभित्रै षड्यन्त्र भईरहेको कार्यकर्ताहरु बताउँछन् ।

आफनै श्रीमती मेयरको उम्मेदवार भएर पनि आफनो पक्षमा विश्वासीलो मान्छे नपाएपछि श्रीमान मुरारी सुवेदीनै निर्वाचन परिचालन कमिटिका संयोजक भएर चुनावी अभियानमा लागेका छन् । त्यसो त धरानको नेकपा एमालेलाई ‘श्रीमान श्रीमती प्राइभेट कम्पनी’ भनेर आलोचना भइरहेको छ । भण्डारीको समूहले १० बुँदे र खेमराज पोखरेल समूहका नेताहरुको निगरानी राख्न पाँच-पाँच जना युवा संघका केटाहरुलाई सुराकीको रुपमा खटाएको चर्चा व्याप्त छ । यसले वीपीको किर्ते प्राध्यापक गिरीको पक्षमा उभिएकी भण्डारीमाथि अन्तरघात हुने खतरा देखिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #अन्तरघात, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #धरान उपमहानगरपालिका, #नेकपा एमाले, #मञ्जु भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com