तेस्रो दिनसम्म लगातार विदा भए स्वास्थ्यमा सेवा दिनु पर्ने


काठमाडौं । हप्ताको दुईदिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको सरकारले तेस्रो दिनसम्म लगातार विदा भए तेस्रोदिन स्वास्थ्य लगायतका क्षेत्रमा सेवा दिनु पर्ने जनाएको छ ।

गृह मन्त्रालयले प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा दिने सूचना राजपत्रमा प्रकाशन गर्दै उक्त स्वास्थ्यलगायतका सेवामा फरक व्यवस्था राखेको हो । देशै र तिहारबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्य चौकीले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने सूचनामा उल्लेख छ । सार्वजनिक विदाको दिने सेवा दिने कर्मचारीलाई सट्टा विदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नुपर्ने राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

त्यस्तै रोपवे, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, बैङ्किङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहको हकमा पनि तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने गृह सचिव टेकनारायण पाण्डेको आज्ञाले जारी गरेको सूचनामा स्पष्ट पारिएको छ ।

सोमबारदेखि शुुक्रबारसम्म बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कार्यलय समय निर्धारण गरिएकोमा कार्तिक १६ देखि माघ १५ सम्म भने बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म मात्र सेवा प्रदान गर्नु पर्ने छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #सार्वजनिक विदा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com