मौन अवधि: रक्सी, नोट र भोट नचल्ने


काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले तोकेको मौन अवधि सुरु भएको छ ।

राति १२ बजेदेखि सुरु भएको मौन अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मौन अवधिमा मतदाता प्रभावित हुन सक्ने गरी कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।

मौन अवधिमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएको छ । मौन अवधिमा रक्सीको भट्टीमा प्रहरीले छापा हानेर नियन्त्रणमा लिन सक्ने भएकाले सचेत रहन आवश्यक छ । मदिराजन्य पदार्थ बिक्री वितरणमा पनि रोक लगाइएकाले रक्सी पसलहरू शुक्रबार रातिसम्म बन्द रहने छन् ।

मौन अवधिमा मतदातालाई प्रभावित गराउने गरी पैसा बाँडेको भेटिए ठाउँको ठाउँ कारबाही गर्न निर्वाचन आयोगले प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । पैसा वितरण गरेको ठाउँमा निगरानी बढाएर नियन्त्रणमा लिन आयोगले निर्देशन दिएको हो । मौन अवधिमा चुनाव जित्नका लागि उम्मेदवारहरूले पैसाको चलखेल गर्ने भएकाले आयोगले यसमा कडाई गरेको हो ।

मौन अवधिमा भोट माग्न र चुनाव प्रचार प्रसार गर्न पनि आयोगले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । कुनै उम्मेदवारलाई आक्षेप, लान्छना लगाउने, भोट प्रभावित पार्ने, भोट माग्ने, र उम्मेदवारको प्रचार गर्ने काम राति १२ बजेदेखि मतदान सम्पन नभएसम्म रोक लगाइएको छ ।

मौन अवधिमा सामाजिक सञ्जाल र मिडियालाई पनि कुनै पार्टी, उम्मेदवारको प्रचार प्रसार र मतदाता प्रभावित पर्ने गरी समाचर दिन आयोगले रोक लगाएको छ । मौन अवधि सुरु भएपछि चुनाव जित्ने रणनीतिका साथ उम्मेदवारहरु सक्रिय हुने भएकाले आयोगले व्यापक रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएको छ ।  मौन अवधिमा निर्वाचन आयोग कडा रुपमा प्रस्तुत हुने भएकाले यी  विषयमा सचेत रहन जरुरी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आचारसंहिता, #निर्वाचन आयोग, #पैसा, #भोट, #मौन अवधि, #रक्सी, #राजनितिक गतिविधि

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com