देशमा आर्थिक संकटः स्वास्थ्यको जम्बोटोली दाता खोजेर घुम्न जेनेभा जाँदै


काठमाडौं ।  बंगलादेश सरकारले देशमा आर्थिक संकट आएपछि सबै सरकारी अधिकारीहरुलाई विदेश भ्रमणमा रोक लगाएको छ । विदेश भ्रमण स्वीकृत भएका अधिकारीहरुको पनि रद्ध गरिएका समाचारहरु आइरहेका छन् ।

नेपालमा समेत आर्थिक संकट देखिन थालेपछि सरकारले जेष्ठ १ गतेबाट हप्तामा दुई दिन शनिवार र  आइतवार सार्वजनिक बिदा दिएको छ । तर, स्वास्थ्यका अधिकारीहरुले यसको दुरुपयोग गर्दै राज्यलाई ढाँटेर जम्बोटोली जेनेभा घुम्न जाँदैछन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७५ औं साधारण सभा आगामी २२ देखि २८ (७ दिन) सम्म जेनेभामा हुदैछ । साेही बाहनामा बेकामे कर्मचारी राज्यकाे सम्पति दाेहन गर्दै जेनेभा जान लागेका हुन्  ।

सभाका लागि विश्व स्वास्थ्य संगठन डब्लुएचओले तीन जनाको कोटा मात्रै निर्धारण  गरेकाे थियो ।  उक्त काेटामा स्वास्थ्यमन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह छन् ।

स्वास्थ्य मन्त्रालयले  उक्त काेटा बाहिरबाट समेत कर्मचारी लैजाने भएकाे छ  । ती कर्मचारीकाे काम भनेकाे राज्यकाे सम्पत्तिमा जानेर विभिन्न देशहरु घुमेर आउने बाहेक दाेश्राे कुनै काम छैन ।  शुचि बाहिरबाट स्वास्थ्यमन्त्री खतिवडाका निजी सचिव मधु मिजार, नीति योजना महाशाखा प्रमुख प्रकाश अधिकारी, गुणस्तर महाशाखा प्रमुख डा मदन उपाध्याय, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, मन्त्रीको सचिवालयका सुरज थापा, मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रा लगायत ११ जनाको टोली जेनेभा जादैछन् ।

राज्यको सम्पती दोहन गरी उक्त टोली निम्ता बिनै लाखौं डलर खर्च गरेर जेनेभा घुम्न जान लागेका हुन् । अझ गज्जवको कुरात स्वास्थ्य सचिव डा रोशन पोखरेलले पत्रकारको कोटा समेत कटाएका छन् । अघिल्ला मन्त्री सचिवले स्वास्थ्य पत्रकारलाई समेत जेनेभाकाे सभामा लैजाने गरेका थिए । तर, डा पोखरेल सचिव भएपछि पत्रकारको कोटा हटाएर आफ्नाे गाेजिका मान्छे हालिरहेका छन् ।

कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको बिकासबजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्नु उचित हुदैन । कसैको डर र भर नभएका मन्त्रालयका डाक्टरहरुलाई सेवा भन्दा भ्रमण प्यारो लाग्ने गरेको छ । स्वास्थ्य मन्त्रालयलबाट आर्थिक संकटमा निम्ता बिना जेनेभा जाने कुराले  यसलाई थप पुष्टि गरेको छ । देशमा संकट आएको भन्दै दुई दिन बिदा दिने राज्यले निम्ता बिना विदेश घुम्न जानेहरुलाई रोक्नु पर्ने अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको प्रगतिलाई शुन्यमा परिणत गर्ने प्रवक्ता डा संगिता मिश्रा समेत जेनेभा जाने सुचिमा पर्नुले सबै चकित परेका छन्। काम गर्ने ढंग नभएकी उनकाे विश्व स्वास्थ्य संगठन डब्लुएचओमा के काम पर्छ अधिकारीहरु कुरा गर्छन् ।

सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विदेशबाट आयत हुने विभिन्न खाध्यबस्तुमा समेत रोक लगाएको छ । तर, स्वास्थ्यका अधिकारी संकटको कुनै प्रवाह नगरी निम्ता बिना जेनेभा जानलाग्नुले आश्चर्य तुल्याएको छ । चार जना मन्त्री परिषद्बाट स्वीकृत गराएर जाने भएका छन् भन् अन्य ७ जना एनजीओ, आइएनजीओको पाउँ परेर जाने भएका छन् । माेज गर्नकै लागि गैर कानुनी रुपमा मन्त्रालयभित्र एनएचएसएसपी, निक साइमन जस्ता आइएनजीओलाइ पालेर राखिएकाे छ । कर्मचारीको मुखमा माड लगाउने काम यिनै अवैध सस्थाले गर्दै आएका छन् । अवैध सस्थाकाे संरक्षण स्वयम् सचिव पाेखरेल गर्दै आएका छन् । जसले गर्दा एनजीओ, आइएनजीओ र डब्लुएचओका कर्मचारीले स्वास्थ्यमन्त्रालय एक हिसाबले नियन्त्रणमा लिएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडा डब्लुएचओको ७५ औं साधारण सभामा भाग लिन असम्बन्धित व्यक्तिहरूको जम्बो टोली नेतृत्व गर्दै स्विट्जरल्यान्डको जेनेभा जानु आफैमा राम्रो हैन अधिकारीहरु भन्छन् । आफै आवद्व भएकाे मन्त्रीपरिषदले  देशमा संकट आएकाे भन्दै दुई दिन बिदा दिएकाे कुरा भुलेर यसरी अनावश्यक कर्मचारी त्यसमा पनि डलर खाेज्दै निम्ता बिना जेनेभा बाेकेर जानुले राम्रो सन्देश दिदैन ।

विश्व स्वास्थ्य संगठनको निमन्त्रणामा गएकाहरूको हवाई टिकट र दैनिक भत्ता सरकारले बेहोर्छ । अधिकारीहरुले बताए अनुसार यस्तो खर्च दैनिक २ सय देखि २५० डलर हुन्छ । दातृ निकायको कोटामा गएकाले सोही निकायको नियमअनुसार भत्ता पाउँछन् ।

विश्व स्वास्थ्य सम्मेलन डब्लुएचओको निर्णय गर्ने निकाय हो । यसमा सबै डब्ल्यूएचओ सदस्य राष्ट्रहरूका प्रतिनिधिमण्डलहरू उपस्थित हुन्छन् र कार्यकारी बोर्डद्वारा तयार गरिएको विशेष स्वास्थ्य एजेन्डामा केन्द्रित हुन्छन् । विश्व स्वास्थ्य सभाको मुख्य कार्यहरू संगठनका नीतिहरू निर्धारण गर्ने, महानिर्देशक नियुक्त गर्ने, वित्तीय नीतिहरूको निरीक्षण गर्ने र प्रस्तावित कार्यक्रमको बजेटको समीक्षा र अनुमोदन गर्ने हो । स्विट्जरल्याण्डको जेनेभामा हरेक वर्ष स्वास्थ्य सम्मेलन हुने गर्दछ ।

क्याटेगोरी : समाचार
ट्याग : ##आर्थिक संकट, ##डब्लुएचओ, ##डा मदन उपाध्याय, ##विदेश भ्रमणमा रोक #विश्व स्वास्थ्य संगठन, ##विश्व स्वास्थ्य संगठन, ##स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह, #बंगलादेश, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com