दुबईमा चिकित्सकले पत्ता नलगाएको रोग टेकुका डा शिवेन्द्रले पत्ता लगाए


काठमाडौं । मंकिपक्सको शंकास्पद भनेर टेकु अस्पतालमा बिहीबार भर्ना गरिएका बिरामीमा कुष्ठरोग जीवाणु फेला परिसकेको छ । ज्वरो आउँने, शरिरमा राता बिमिरा आउने समस्या देखिएका उनि तीन महिना देखि दुबईका बिभिन्न अस्पतालमा उपचाररत थिए । तर, चिकित्सकले कुनै पनि रोग पत्ता लगाउ नसकेपछि बिहीबार नेपाल फर्केका थिए ।

दुबईका चिकित्सक र अस्पतालले तीन महिना सम्म पत्ता लगाउन नसकेको रोग शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. शिवेन्द्रकुमार झाले २४ घण्टा भित्रै पत्ता लगाएका छन् । नेपालमा सबै भन्दा अब्बल चिकित्सकका रुपमा झालाई लिइन्छ् । हाल उनकै पहलमा टेकु अस्पतालमा कुष्ठरोगको विभाग नै खोलेर उपचार सुरु भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हेल्थ डेस्कले मंकिपक्स भाइरको आशंका गर्दै टेकु अस्पताल पठाएको थियो । टेकु अस्पतालका बरिष्ठ कुष्ठरोग विशेषज्ञ डा. शिवेन्द्रकुमार झाले उनको उपचार गरेका थिए । बिरामीको टेकुकै प्रयोगशालामा शरिरका बिभिन ६ स्थानको नमुना परिक्षण गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु फेला परेको डाक्टर झाले बताए ।

मंकिपक्सको आशंकामा भर्ना गरेका उक्त ब्यक्तिको नमुना परिक्षणका लागि विदेश पठाउन निकै दवाव परेको थियो । तर, डा झाले कुष्ठरोग नै हुन सक्ने आशंका गर्दै नेपालमै प्रारम्भिक सबै परिक्षण पछि मात्रै नमुना कहाँ पठाउने भनेर निर्णय लिएका थिए ।

क्याटेगोरी : जीवनशैली
ट्याग : ##कुष्ठरोग जीवाणु, ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #डा. शिवेन्द्रकुमार झा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com