धरानका मेयरले संचालनमा ल्याए ‘नो ड्रक्स’ अभियान


धरान नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ । यस अघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता थिए । २०७६ को सर्वेक्षण प्रतिवेदन अनुसार लागु औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५ दशमलब शून्य ६ प्रतिशत रहेको छ ।

गृह मन्त्रालयका अनुसार लागु औषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस बि-सी क्षयरोग, एच.आई.भि.एड्स, एस.टि.डी., कुपोषणलगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन् । त्यसैगरी लागु औषधको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्दछ ।

त्यसैले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्ले धरानलाई लागु औषध दुव्यसनीबाट अलग राख्ने उद्देश्यले अनुसार अभियान नै थालेका छन् । सामाजिक कार्यमा सकृय प्रमुख साम्पाङ्ले चेतना जगाउन नो ड्रक्स अभियान चलाएका छन् । हरेक शुक्रबार टोल-टोलमा सचेतना अभियान चलाइने उनको योजना छ ।

नो ड्रक्स अभियान संचालन गर्नुभएको छ किन आवश्यक पर्यो ?
लागु औषधको समस्या देशभर छ । धरानमा पनि यसको समस्या छ । लागुऔषध र्दुव्यसनबाट युवालाई टाडा राख्न चेतनामूलक सामाजिक अभियान आवश्यक हो । हामीले चिकित्सक, विज्ञले जस्तो सल्लाह दिन सकिँदैन । यो अभियानमार्फत हामीले लागुऔषध गर्नु हुदैन यो ठिक छैन भनेर चेतना फैलाईरहेका छौं ।

धरानमा लागु औषध प्रयोगकर्ताको तथ्यांक एकिन छैन । तर, युवाहरु दुर्व्यसनी  छन् । दैनिक जेल गईरहेका छन् । त्यसैले नो ड्रक्स अभियान संचालन थालिएको हो । प्रत्येक शुक्रबार कुनै न कुनै हिसाबले चोक र टोलहरुमा अभियान चलाउछौं ।

लागु औषध नियन्त्रण तथा नियमनका क्षेत्रमा उपमहानगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर नियमित जुट्ने छौं । मेयर कोष छ । त्यसबाट पनि बजेट बनाउछौं । म समाजिक अभियन्ता भएर आएको हुनाले म जे बोल्छु त्यो कुरालाई युवाले चाँसो दिएर सुन्छन् । अरुले बोलेको र मैले बोलेकोमा धेरै फरक परिरहेको छ । त्यसकारण यो अवसरलाई सदुपयोग गर्न चाहेको छु । यो अभियानबाट धरानका युवा जागरुक हुन्छन् ।

लागु औषध नियन्त्रण कसरी सम्भव होला ?
हामीले लागु औषध नियन्त्रण तथा नियमनबारे विद्यालय तहबाटै चेतना जगाउनु पर्छ । स्वास्थ्य विषय पढाउने शिक्षकले दैनिक १० देखि १५ मिनेट लागु औषधका बारेमा बुझाउन सके धेरै परिवर्तन आउँछ । यो सहज बाटो हुँदा  हुँदै विद्यालयमा किन शिक्षा दिइएन भन्ने हो । सायद मेलो देखाउने व्यक्ति नभएकाले पनि हुन सक्छ ।

लागु औषधबाट विद्यालय पढने बालबालिका मात्र बिग्रेको हुँदैन कलेज पढने युवा समेत यसको शिकार भएका छन् । लागु औषध नियन्त्रणका लागि पुलिसले समातेर जरिवाना गराएर मात्रै सम्भव हुँदैन । लागुऔषधविरुद्वमा चेतना जगाएर नियन्त्रण गर्न सकिन्छ । युवालाई रोजगारसँग जोडनु पर्छ । त्यसैले कुलतबात युवालाई जोगाउन उप महानगरले स्वरोजगार सम्बन्धी धेरै कार्यक्रमहरु ल्याउँदैछ । विभिन्न प्रकारका उद्योगहरु खोल्न खोज्दैछौं । थोरै पारिश्रमीक हुन्छ तर, युवालाई भुलाइ राख्ने खालको हुने छ । एकै रुपैयाँ नकमाउनेलाई थोरै पारिश्रमीक दिएर पनि भुलाउन सकियो भने दुर्व्यसनीमा फस्ने क्रम बिस्तारै रोकिने छ ।

तथ्यांक अनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागु औषध प्रयोगकर्ता रहेका छन् । उनिहरु मध्ये प्रदेश १ मा २७ हजार ६०५ प्रतिशत, मधेश प्रदेशमा १५ हजार ८३४ जना, बाग्मती प्रदेशमा ४६ हजार ४८० जना, गण्डकी प्रदेशमा ८ हजार ९५६ जना, लुम्बिनी प्रदेशमा २५ हजार ९३० जना, कर्णाली प्रदेशमा १ हजार ८११ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ८ सय ८ जना लागु औषध प्रयोगकर्ता रहेका छन् । तथ्यांक अनुसार लागु औषध प्रयोग गर्नेहरु २५ देखि २९ वर्ष उमेर समूहका बढी देखिएका छन् । यो अवस्था देशमा रोजगारिको कमीले गर्दा पनि भएको हो ।

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागु औषध प्रयोगकर्ताको प्रदेशगत अवस्था यस्तो छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com