औषधि व्यवस्था विभागले बायोडी ड्रप भिटामिन डी-३ को प्रयोगमा प्रतिबन्ध


काठमाडौं । औषधि व्यवस्था विभागले बायोडी ड्रप (भिटामिन डी-३) प्रयोगमा प्रतिबन्ध लगाएको छ । यो औषधिको भारतीय कम्पनी जी ल्याबोरेटरीले उत्पादन छन् ।

विभाग एक सुचना जारी गर्दै यो ड्रप्स विभागमा दर्ता नभएको र यसको प्रयोग गरिएका बच्चाहरुको स्वास्थ्यमा विभिन्न नकारात्मक असर ९एडभर्स इफेक्ट० देखिएको जनाएको छ । यस ड्रप्समा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी विभागको स्रोतले जानकारी दिएको छ ।

नेपाली सेनाले सैनिक अस्पतालको प्रयोगका लागि खरिद गरी ल्याएको यो औषधि दर्ता नभएको भन्दै विभागले नेपालमा आयात तथा बिक्री वितरण नगर्न समेत निर्देशन दिएको छ ।

उक्त औषधि बालबालिकामा कुपोषण, जन्डिस आदि समस्या हुँदा सिफारिस गर्ने गरिन्छ । तर, भिडामिन डी थ्री को उच्च प्रयोगले मिर्गौला, हड्डीमा गम्भीर असर पु‍याउने तथा बालबालिकामा क्यान्सरसम्म गराउने चिकित्सकहरु बताउँछन् ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #औषधि व्यवस्था विभाग, #जी ल्याबोरेटरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com