पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नीति तथा कार्यक्रममा सीमित, आएन कार्यान्वयनमा


काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा कार्यानयनमा ल्याउने बताए पनि हालसम्म यो सञ्चालनमा आउन सकेको छैन ।

नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा ६ लाख ४ हजार वटा नयाँ केस पुष्टि भएको थियो, जसमध्ये ३ लाख ४२ हजार जनाले ज्यान गुमाएका छन् । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । शारीरिक सम्पर्क राखिराख्ने महिला र पुरुषमा जीवनको कुनै मोडमा या बारम्बार पनि यो समस्या देखिन सक्छ । प्राय: सबैजसो पाठेघरको क्यान्सर यो भाइरससँग जोडिएकै हुन्छ । यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनाङ्ग, टाउको, घाँटीमा पनि संक्रमण गराउन सक्छ । एचपीभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ‚ जबसम्म क्यान्सर अन्तिम स्टेजमा पुगिसकेको हुँदैन । त्यसैले खोप र नियमित स्क्रिनिङ अपिरहार्य रहेको चिकित्सकहरू बताउँछन् ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## नेपाल सरकार, ##विश्व स्वास्थ्य संगठन, #पाठेघरको मुखको क्यान्सरविरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com