दुई प्रमुख विशेषज्ञसहित स्वास्थ्यका यी अधिकृत यसै वर्ष घर जाँदै


काठमाडौं । स्वास्थ्य सेवका दुई प्रमुख विशेषज्ञसहित दर्जनौं अधिकृत यसै वर्ष घर जाँदैछन् । ६० वर्ष उमेर हदमा कारण (बाह्रौं तह) प्रमुख विशेषज्ञ  डा. श्याम सुन्दर यादव, डा. गुणराज लोहनीसहित दर्जनौं अधिकृतहरु अनिवार्य अवकाशमा  जान लागेका हुन् । यही आर्थिक वर्ष २०७९/८० मा अनिवार्य अवकाश पाउनेमा प्रमुख विशेषज्ञ डा. यादव, डा. लोहनीसहित एघारौं तहमा कार्यरत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीका निर्देशक डा. अमिर बाबु श्रेष्ठ, एघारौं तहमै कार्यरत डा. रिता भण्डारी जोशी, डा. वीरेन्द्र बहादुर चन्दलगायत रहेका छन् ।

प्रमुख विशेषज्ञ डा. यादवले एक महिनापछि भदौं १ गते ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । उनी सन् २०१९ भदौ १ गते जन्मिएको निजामती किताबखानाको रेकर्डले देखाउँछ । अर्का प्रमुख विशेषज्ञ डा. लोहनीले कार्तिक ३ गते ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । एघारौं तहका डा. वीरेन्द्रबहादुर चन्द असार १५ गते अनिवार्य अवकाशमा जाँदै छन् । यही साउन २९ गते अनिवार्य अवकाश पाउने जागेश्वर गौतम भने राजीनामा दिएर हिँडिसकेका छन् ।

एघारौं तहका डा. ओम बहादुर थापा भदौं १५ गते, डा. रवि प्रसाद रेग्मी भदौं १८ गते र डा. सरिता प्रधान जोशी कार्तिक ३० गते घर जाँदै छिन् ।

एघारौं तहका डा. विजयराज खनाल असोज २२ गते, डा. विष्णु बहादुर बस्नेत मंसिर १५ गते, डा. राजकिशोर प्रसाद जैसवाल पुस ११ गते र डा. जयवेन्द्र यादव पुस २८ गते अनिवार्य अवकाशमा जाने छन् । त्यस्तै एघारौं तहका डा. दिनेश कुमार चापागाईं फागुन ६ गते, डा. रीता भण्डारी जोशी फागुन १२ गते र डा. विजय कुमार झा चैत १० गते ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएका छन् ।

एघारौं तहका नारदप्रसाद थपलिया यही आर्थिक वर्ष २०७९/८० को आगामी जेेेठ १५ गते घर जाने सूचीमा छन् ।एघारौं तहकी गोमा देवी निरौला श्रेष्ठले यही आर्थिक वर्ष २०७९/८० को आगामी जेेेठ २० गते सेवाबाट अनिवार्य अवकाश लिँदै छिन् । त्यस्तै प्रसूति गृहका निर्देशक  डा. अमिर बाबु श्रेेेष्ठले आगमी असार ७ गते अनिवार्य अवकाश पाउँदै छन् । डा. निर्मल शाक्यले असार १४ गते अनिवार्य अवकाश पाउने देखिन्छ ।

त्यस्तै स्वास्थ्य सेवाका अधिकृत दसौं तहका पिताम्बर सुवेदी असार २८ गते अनिवार्य अवकाशमा जाँदै छन् । अधिकृत दसौं तहका डा. विधान चन्द्र झा असोज ६ गते, डा. अखिलेश प्रसाद माघ ५ गते र डा. निर्मला लक्ष्मी श्रेष्ठ फागुन २८ गते अनिवार्य अवकाश पाउने सूचीमा रहेका छन् ।

अधिकृत दसौं तहका प्रकाश राना असार २० गते, डा. पुकारचन्द्र श्रेष्ठ भदौं ४ गते, पुण्या पौडेल भदौं ४ गते, कल्पना थापा आगामी बैशाख १७ गते, रेवती रमणजी असोज १७ गते वीरेन्द्र बहादुर प्रधान पुस २ गते अनिवार्य अवकाश हुँदै छन् ।

किताबखानाको रेकर्ड अनुसार स्वास्थ्य सेवा अधिकृत नवौं तहका गोकर्णराज घिमिरे साउन ५ गते (भोलि) अनिवार्य अवकाशमा गएका छन् ।  त्यस्तै नवौं तहका सम्भु काफ्ले असोज १८ गते र झलक शर्मा गौतम मंसिर १३ गते अनिवार्य अवकाश हुने छन् ।

स्वास्थ्य सेवा अधिकृत आठौं तहका छत्रपति दाहाल साउन ७ गते अनिवार्य अवकाशमा जाँदैछन् । अधिकृत आठौं तह कै वडे बाबु थापा मंसिर २१ गते, सूर्य नारायण आगामी असार १५ गते अनिवार्य अवकाशको सूचीमा छन् ।

अधिकृत सातौं तहका वीरेन्द्र कुमार तिवारी भदौं २ गते र रामवृक्ष चौधरीको भदौं २२ गते अनिवार्य अवकाश हुने भएको छ । अधिकृत सातौं तह कै राम प्रगास महतो साउन ५ गते, दिलिप कुमार श्रेष्ठ असोज २२, शिशिर कुमार कार्तिक ८ गते,  विश्वनाथ गौतम मंसिर १९ गते, भूप नारायण चौधरी फागुन ९ गते र मोहमद साविर चैत २३ गते अनिवार्य अवकाशमा जाँदै छन् ।

अधिकृत सातौं तहका शेरबहादुर कार्की पुस ६ गते, विष्णु छेत्री पुस १४ गते, मनराज बराल फागुन ५ गते, गोविन्द प्रसाद ढकाल फागुन १५ गते, राजकिशोर राय फागुन १७ गते र रामभक्त ढकाल चैत २० गते घर जाँदै छन् । सातौं तहका विष्णु प्रसाद जैशी कार्तिक १ गते, प्रेम बहादुर केसी कार्तिक २७ गते, कृष्ण प्रसाद पौडेल पुस ५ गते र धनबहादुर बुढा आगामी जेठ ११ गते अनिवार्य अवकाश हुँदै छन् ।

स्वास्थ्य सेवाको अधिकृत छैटौंमा रेवती रामनजी असोज १७ गते, सन्त प्रसाद साह भदौं ६ गते, राघो प्रसाद चौधरी असोज १ गते, शिव नरायण प्रसाद असोज ८ गते घर जाने सूचीमा छन् । त्यस्तै सत्य नारायण चैत १६, विजय लक्ष्मी कार्तिक १३, गोपाल प्रसाद फागुन १२, बचु चौधरी पुस १२, राजकुमारी ज्ञवाली माघ २२ र पुष्पलाल सापकोटा भदौं १२ गते अवकाश हुने छन् । यिनीहरूलगायत स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी अनिवार्य अवकाशमा जाने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अनिवार्य अवकाश, #अमिर बाबु श्रेष्ठ, #गोमादेवी निरौला, #डा. गुणराज लोहनी, #प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादव, #रिता जोशी भण्डारी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com