स्वास्थ्यमा ओम्नी काण्ड मच्चाएका भानुभक्तले पर्यटनमा सुनको जलहरी काण्ड मच्चाए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा ओम्नी काण्ड मच्चाएका भानुभक्त ढकालले पर्यटनमन्त्री हुँदा सुनको जलहरी काण्ड मच्चाएको पाइएको छ ।

स्वास्थ्यमा हुँदा मेडिकल सामग्री खरिदमा ओम्नीसँग सेटिङ गरेका उनले पर्यटनमन्त्री हुँदा पशुपति मन्दिरमा सुनको जलहरी लगाउँदा बदमासी गरेको फेला परेको हो । तत्कालीन संस्कृति,  पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्तले शिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा १० किलो सुन गायब बनाएको खुलासा भएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना गरेको ठहर गरेको छ । सुनको जलहरी राख्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री ढकाल रहेका थिए । पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन घोटाला भएको महालेखाले औंल्याएको छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #ओम्नी, #पर्यटन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, #पशुपति नाथ, #सुनको जलहरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com