स्वास्थ्य बीमा निजी अस्पताललाई दिने वा नदिने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पताललाई दिने वा नदिने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने बताएका छन् ।

केही हप्ता यता स्वास्थ्य बीमा कार्यक्रमको कार्यस्तरप्रति सरकारको चौतर्फी विरोध भइरहेको छ । मन्त्री खापुङले बीमा कार्यक्रमको समस्या समाधानका लागि मन्त्रिपरिषद्मा तत्काल प्रस्ताव लैजाने बताएका छन् ।

शुक्रबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गदैं उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गरिनेछ भन्ने प्रवधान बनाए पछि साथै यसलाई संसदले पनि पारित गरेकाले कार्यक्रम सञ्चालनमा समस्या आएको दावी गरे ।

त्यसैगरी बीमा बोर्डले समेत यो बिषयमा मन्त्रालयलाई सोधेकाले हाल देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान उपयुक्त रहेकोले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई स्वास्थयमन्त्री खापुङले जानकारी गराए ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य बीमा कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com