बीपीका ‘किर्ते’ उपकुलपति नियुक्तिको आर्थिक चलखेलमा संलग्न

स्वास्थ्यमन्त्री खापुङले 'जुनियर' चिकित्सकको नियुक्ति रोके !


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त भएकै भोलीपल्टदेखि एकपछि अर्को काण्ड गर्दै आएका डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा रिक्त अस्पताल निर्देशक नियुक्तिमा सबैभन्दा जुनियर चिकित्सकको नाम स्वास्थ्यमन्त्री भवानी खापुङसमक्ष गरेर नियुक्तिमा आर्थिक चलखेल शुरु गरेको सूचना बाहिरिएको छ । सोझा र निस्कलंकित मानिएका स्वास्थ्यमन्त्री खापुङको सचिवालयका केही लोभी पापीहरुको “मेडिकल माफिया”सँग सेटिङ गराएर प्रतिष्ठानकै सबैभन्दा कनिष्ठ (एसोसिएट प्रोफेसर मात्र) रहेका डा. जगत नारायणलाई अस्पताल निर्देशन उच्च पदमा नियुक्ति गराउन डा. गिरी हप्तौदेखि प्रतिष्ठानको भत्ता खाएर राजधानीमा नेकपा (एकीकृत समाजवादी) का नेताहरुको घरघरघरमा धाइरहेको प्रतिष्ठान श्रोतले बतायो । डा. जगत नारायण तिनै चिकित्सक हुन् जसले उपकुलपति गिरीले गरेका कोरोना अस्पताल अनियमितता, आई. सी. यू. उपकरण .सम्बन्धी १८ करोडको उपकरण खरिदमा भएको घोटाला, करोडौंको अल्ट्रासाउण्ड मेसिनहरु खरिद अनियमितता, अस्पताल फार्मेसीमा औषधी खरिद अनियमितता लगायत १ अर्बभन्दा बढीको खरिद अनियमिततामा उपकुलपति गिरीलाई आँखा चिम्लेर सहयोग गर्दै  आएका छन् । यसैको पुरस्कार स्वरूप डा. जगतलाई रिक्त रहेको अस्पताल निर्देशकको पदको जिम्मेवारी दिएर डेपुटी अस्पताल निर्देशकको कार्य गर्ने गरि अतिरिक्त जिम्मेवारी दिएर राखेका छन् ।

बरियतामा १०० जनाभन्दा पनि तल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिव ६० जना प्राध्यापक र करिव ४० जना अतिरिक्त प्राध्यापक कार्यरत छन् । डा. जगत प्रसाद ती १०० जनाभन्दा बरियतामा तल पर्छन् । अझ प्रतिष्ठानमा स्थापनाकालभन्दा अगाडिदेखि नै  २८ वर्ष देखि कार्यरत प्रा.डा. प्रल्हाद कार्की लगायत कैयौं कर्मचारी समेत हालसम्म कार्यरत छन् । डा. जगतले प्रतिष्ठानमा सेवा शुरु गरेको जम्मा ८ बर्ष भयो । उनी अस्पताल निर्देशक हुनु भनेको उनीभन्दा वरिष्ठ सयौं प्राध्यापक र कर्मचारीको प्रशासक भएर निर्देशन दिनु हो ।  “आफैं नक्कली प्राध्यापक रहेको प्रमाणित भैसकेका उपकुलपतिले कहीं प्राध्यापकलाई अस्पताल निर्देशक बनाउँछन् त ? यिनी कमाउन आएका हुन्, बसुन्जेल प्रतिष्ठानलाई खोक्रो बनाउन जसले उनलाई सहयोग गर्छ उसैलाई नियुक्ति गर्छन् र कार्यकाल सकिदा प्रतिष्ठानका शिक्षक् कर्मचारीले नियमानुसारको पेन्सनको त कल्प नै नगरे हुन्छ, वर्षमा ६ महिना पनि नियमित तलव खान नपाउने बनाएर पुन: विराट मेडिकल कलेजमा विरामी जाँच्न थाल्नेछन्” प्रतिष्ठानका एक पूर्व पदाधिकारीले भने । “मलाई त्यही केटी चाहिन्छ” भन्ने गाना जस्तै मलाई त्यही व्यक्ति अस्पताल निर्देशक चाहिन्छ भन्नुले नै गिरीको आर्थिक बदनियत देखिएको प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापकको भनाइ छ

एकीकृत समाजवादी पार्टीमा वीपीको नियुक्तिबारे चरम विवाद

स्वास्थ्य मन्त्रालय हाल एकीकृत समाजवादी पार्टीको भागमा परेको छ तर वीपी प्रतिष्ठानको नियुक्तिमा “प्रधानमन्त्रीको चरम दवाव छ” भनि उपकुलपतिले स्वयं स्वास्थ्यमन्त्रीलाई समेत रिपोर्टिंङ गरेका छन् । “रजिष्ट्रार प्रधानमन्त्रीले लिने, अस्पताल निर्देशक उपकुलपतिको मान्छे बन्ने, कार्यकारीणी समिति र सिनेट सदस्य समेत उपकुलपति कै मान्छे बन्ने हो भने एकीकृत समाजवादीले यो मन्त्रालय किन चलाउने ? त्यसो भए कांग्रेसको भागमा परेका मन्त्रालयका नियुक्तिमा समेत हाम्रो पार्टीको भागबण्डा हुनुपर्यो नि !” एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने ।

पार्टीको यही विवादका कारण गत बुधवार नियुक्ति उपकुलपतिको चरम दवावमा परेका स्वास्थ्यमन्त्री खापुङले आफूलाई उपकुलपतिले फसाउन लागेको महसुस गरि तत्काल नगर्ने मुडमा छन् । वीपी प्रतिष्ठानबारेमा राम्रोसँग अध्ययन गरेर मात्र रजिष्ट्रार र अस्पताल निर्देशक लगायतका नियुक्ति गर्ने पक्षमा उभिएको मन्त्रालयको स्रोत स्वास्थ्य लाइभलाई बतायो ।

प्रधानमन्त्री कार्यालय उपकुलपति गिरीसँग रुष्ट 

प्रधानमन्त्री आफैले तत्कालिन स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वको छानविन समितिको सिफारिस अनुसार सिनेट बोलाई बर्खास्त गर्न तोक लगाएका उपकुलपति गिरीले अनावश्यक रूपमा प्रधानमन्त्रीलाई मुछेर आफ्नो दुनो सोझ्याउन थालेपछि गिरीसँग प्रधानमन्त्री कार्यालय रुष्ट हुन पगेको छ ।

“यस सम्बन्धमा डा. गिरीलाई मौखिक रूपमा सचेत गराइसकिएको छ, प्रधानमन्त्रीले वीपी प्रतिष्ठानको नियुक्तिमा कुनै हस्तक्षेप गर्नु भएको छैन, बाहिरको व्यक्तिलाई यिनै उपकुलपतिसँग हात बाँधेर रजिष्ट्रार बनाए वीपी प्रतिष्ठान अगाडी बढ्न सक्दैन, मोरङका एकाध राजनैतिक व्यक्तिहरुसँग हार्न नसकेर अनौपचारिक कुराकानी भएको चाहीं हुन सक्छ” बालुवाटार स्रोतले स्वास्थ्यलाइभलाई बतायो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com