‘बिरामी बन्धक’ बनाउने ह्याम्सको आईभीएफ केन्द्र उद्‌घाटनमा प्रधानमन्त्री जाने


काठमाडौं । मुलुकको जेठो वीर अस्पतालको अवस्था कस्तो छ र कसरी सेवा दिइरहेको छ भनेर हेर्न प्रधानमन्त्री शेरबहादुर देउवा एकपटक पनि पुगेका छैन । तर ‘बिरामी बन्धक’ बनाउने ह्याम्स अस्पतालको आईभीएफ केन्द्र उद्‌घाटनमा प्रधानमन्त्री देउवा भोलि बिहान साढे ९ बजे ह्याम्स अस्पताल जाने भएका छन् ।

ह्याम्स अस्पतालका अध्यक्ष डा. रामशरण (आरएस) भण्डारीका अनुसार अस्पतालको रजत जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भोलि बिहान साढे ९ बजे अस्पताल भवन तथा आईभीएफ केन्द्र उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।  सत्तामा बसेर गर्नु पर्ने महत्त्वपूर्ण काम छाडेर उनी आरएस भण्डारीको ह्याम्स अस्पतालको आईभीएफ केन्द्र उद्‌घाटन गर्न जान लागेका हुन् । यसले पनि प्रधानमन्त्रीको आवश्यकता र प्राथमिकता प्रस्ट पार्छ ।

गरिबी बिरामीलाई बन्धक बनाउने ह्याम्सका मालिक भण्डारीलाई यसअघि पनि देउवा सरकारले पदम दिएको थियो । कोभिडकालमा स्वास्थ्य सेवा विभागबाट ठेक्का सेटिङ गरेको आरोपमा विवादमा परेका आरएस भण्डारीको आईभीएफ केन्द्र उद्‌घाटन गर्न प्रधानमन्त्री देउवा जाने भएपछि यो विषयले तरंग ल्याएको छ । सरकारी अस्पताल सुधारका लागि एक शब्द पनि खर्चिएका प्रधानमन्त्री देउवाले ‘जनता ठग्ने’ निजी अस्पतालका लागि विशेष महत्त्व दिएको आरोप लागेको छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #आईभीएफ सेन्टर, #आरएस भण्डारी, #प्रधानमन्त्री शेरबहादुर देउवा, #ह्याम्स अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com