गरिब बिरामी बन्धक बनाउने ह्याम्स अस्पतालका मालिक भण्डारीलाई पदक


काठमाडौं । गरिब बिरामीलाई हप्ताैसम्म बन्धक बनाएर राख्ने धुम्बाराहीस्थित ह्याम्स अस्पतालका मालिक रामशरण भण्डारीलाई सरकारले मानपदवीबाट विभूषित गर्ने भएकाे छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री मानपदवीद्वारा विभूषित गर्ने भएकाे हाे  । विवादास्पद व्यक्ति भण्डारीलाई सरकारले विभूषित गर्ने निर्णय गरेर मानपदवीकाे नै बदनाम गराएकाे आराेप लागेकाे छ ।

भण्डारी स्वास्थ्यका ठेक्कापट्टादेखि बिरामी बन्धकसम्म बनाएका कारण पटक पटक कार्वाहीमा परेका छन्  । राज्य र कानुनलाई चुनौति दिँदै उपचारको नाममा मनपरी शुल्क असुल्ने काठमाडौंको धुम्बाराहीमा रहेको भण्डारीकाे निजी अस्पताल ह्याम्सले लाशमाथि पनि ठगी धन्दा गरेको रहस्य खुलेको थियाे ।

उपचार खर्च तिर्न नसकेर ह्याम्समा  धादिङ गल्छी गाउँपालिका–४ का चन्द्रबहादुर तामाङ (२४ वर्ष) १५ दिनपछि बन्धक बनेका थिए । उनी दोलखास्थित सासा हाइड्रोपावरमा काम गर्ने क्रममा उनी २५ साउनमा सुरुङभित्र दुर्घटनामा परेका थिए ।

अस्पतालको नौ लाख ९० हजार रुपैयाँ बिल तिर्न नसकेपछि उनी निको भएर पनि बेडमै बस्न बाध्य बनाइएका थिए । यसरी बिरामी बन्धक बनाएर स्वास्थ्यक्षेत्रकाे बदनाम गराएवापत भण्डारीलाई पदक दिई सम्मान गरेकाे भनेर स्वास्थ्य क्षेत्रमा पदक माथि ब्यंग्य हुन थालेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com