सचिव गुरागाईंले फाइल ‘अड्काउँदा’ स्वास्थ्यमा समस्याका चाङ


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईंले फाइल ‘अड्काउँदा’ स्वास्थ्यमा समस्याका चाङ देखिन थालेको छ । सचिव गुरागाईंको जिम्मेवारी अनुसारको  निर्णय क्षमता नहुँदा स्वास्थ्य मन्त्रालयभित्र समस्या देखिएको हो ।

स्वास्थ्य मन्त्रालय प्रशासन तर्फकी सचिव गुरागाईंको काम गर्ने शैलीप्रति कर्मचारी मात्र  नभइ मन्त्री पनि दिक्क बनेको चर्चा छ । उनको कार्यशैलीप्रति मन्त्रालयभित्र विभिन्न टिकाटिप्पणी सुरु हुन थालेको हो ।

सचिव गुरागाईंले आफूले गर्नुपर्ने निर्णय फाइल समेत स्वास्थ्य मन्त्रालयका अर्को सचिवलाई पठाउने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।  यति मात्र हैन सचिवले आफु  मन्त्रालयबाटबाहिर जाँदा र मन्त्रालयभित्र आउँदा, सचिवालयमा खबर नगर्दा अर्काे समस्या देखिएकाे छ ।  ‘सचिवालयका कर्मचारी गुरागाईंको जानकारी लिन हरेक कोठा कोठामा धाइरहनु पर्ने बाध्यता  छ , फाइल अगाडि बढाउन पनि हात निकै गाह्रो बनाउने गरेको देखिन्छ’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले स्वास्थ्य लाइभसँग भने, ‘आफ्नो कार्यक्षेत्रभित्र परेको फाइल पनि गुरागाईंले स्वास्थ्य सचिवका तर्फ पठाउने गर्नु हुन्छ ।’,

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार सचिव गुरागाईंले सुरुमा निर्णय गर्दिनन् ।  अर्को सचिवलाई पठाउने वा फिर्ता गर्दिने उनको बानी रहेको सुनाउँदै अधिकारीले भने ‘सुरुमा फाइल अड्काउँने र  ढिलासुस्ती गरेर अर्काेतिर धकेल्ने उहाँको बानी छ । फेरि एक छिनमा के सोच्नुहुन्छ र गर्दा हुन्छ हैन भनेर निर्णय गर्नुहुन्छ । यसले स्वास्थ्य मन्त्रालयको दैनिक काममा ठूलो समस्या उब्जिएको छ ।’,

सचिव गुरागाईंले  हरेक टिप्पणीको तर्कुले, बर्धने हेरेरै दिन बिताउने गरेको स्वास्थ्य मन्त्रालयका अन्य अधिकारीहरुको टिप्पणी छ । सचिव गुरागाईंले आफ्नो काम गर्ने तौल तरिकामा केही परिवर्तन नगरेर समस्या बढ्दै जाने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । उता  प्रशासन तर्फकी सचिव गुरागाईंकै कारण स्वास्थ्य बीमाको कार्यक्रम अवरुद्ध बन्दै गएको छ ।

निजी स्वास्थ संस्थाले स्वास्थ्य बीमा कार्यक्रम  बन्द गरेपछि बीमित सेवाबाट बन्चित भएका छन्  । अहिले निजीको सेवा बन्द गर्ने अवस्था भएकाले खोल्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु पर्ने छ । जुन निकै ढिला भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सुनाउँछन् ।  ‘जनताको स्वास्थ्यसँग जोडिएको विषयमा सचिवलाई टिप्पणी फाईलको ह्रस्व र दीर्घ हेरेरै समय विताउने छुट छैन’, स्वास्थ्यका अर्का एक कर्मचारीले भने, ‘सचिव गुरागाईंले समयमा उक्त निर्णय नगर्दा मन्त्रिषरिषद्मा फाइल जान सकेको छैन।’,

क्याटेगोरी : समाचार
ट्याग : #प्रशासन, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य बीमा, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com