जसले अतिरिक्त सचिवकाे प्रस्ताव मन्त्रिपरिषद् पठाए तिनै व्यक्ति मन्त्रालयमा अपमानित भएर बाहिरिए 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्यामसुन्दर यादवले सरकारी सेवाबाट अवकाश पाएका छन् । सफलतापूर्वक सेवा अवधि पार लगाएकोमा सबै खुसियाली मनाउँदै बाहिरिन्छन् । तर, यादवलाई सेवाकाे अन्तिम घडीमा जीवनमा कहिल्यै नमेटिन खाेट लाग्याे ।

सरकारले २६ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौं तह)हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनायाे।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले बताए । स्वास्थ्यमा १२ औं तहका प्रमुख विशेषज्ञ चार जना छन् । चार जनामध्ये डा. श्यामसुन्दर यादवले बुधबार अवकाश पाएका छन् ।

स्वास्थ्यमा अतिरिक्त सचिव बनाउने प्रस्ताव आफैले मन्त्रिपरिषद् पठाएका यादवले बुधबार अपमानित हुँदै अवकाश पाएका छन् । प्रशासनको कब्जामा रहेकाे स्वास्थ्य मन्त्रालयकाे गम्भीर हेलचेक्र्याइँले यादव सेवाकाे अन्तिम दिन कहिल्यै नमेटिने घाउ लिएर घर गएका हुन् । मन्त्रीपरिषद्ले अतिरिक्त सचिवकाे निर्णय गरेपनि प्रशासन तर्फकी सचिव देवकुमारी गुरागाईंले निर्णय अनुसार पत्र दिन मानिनन् ।

राजपत्रमा प्रकाशित नभएकाे भन्दै सचिवले पत्र दिन नमानेपछि यादव बुधबार बिदाइ थाप्न मन्त्रालय आएनन् । कर्मचारी बिदाइका लागि कुरेर बसे तर, आफ्नाे अपमान भएकाे भन्दै यादव आएनन् । जसले गर्दा स्वास्थ्यकर्मीमा निराश तुल्याएकाे छ । स्वास्थ्यकर्मीले याे अत्यन्तै ठूलाे अपमान महशुस गरेका छन् ।

राजपत्रमा प्रकाशित हुनै पर्ने भए सचिव गुरागाईं किन यतिका दिन चुप बसिन ? यसकाे उदेश्य के हाे ? उनिमाथि अब नैतिक प्रश्न तेर्सिएकाे छ ।

हुन त स्वास्थ्य मन्त्रालयमा ४ जना प्रमुख विशेषज्ञ छन् । प्रमुख विशेषज्ञलाई अहिले अतिरिक्त सचिव बनाउने निर्णय भएको छ ।  डा. गुणराज लोहनीलाई प्रमुख विशेषज्ञमा बढुवा गर्न कै लागि वीर अस्पतालमा समेत प्रमुख विशेषज्ञको दरबन्दी राखियो । त्यसको मार भने लोहनीभन्दा  वरिष्ठ डा. भीमसिंह तिंकरीले खेप्नु पर्‍यो । तिंकरीलाई पनि स्वास्थ्य मन्त्रालयमा बस्ने व्यवस्था नगरेर प्यासेजमा बस्न बाध्य पारिएको थियो । अहिले पनि डा. यादव स्वास्थ्य मन्त्रालयबाट अपमानित भएर घर जान बाध्य भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रमुख विशेषज्ञ, #अतिरिक्त सचिव, #डा. गुणराज लोहनी, #प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादव, #सचिव देवकुमारी गुरागाईं, #सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com