सबै अस्पतालबाट लखेटिएका ठाकुरले कसरी कब्जा गरे मन्त्रालयको शक्तिशाली महाशाखा ?


काठमाडौं । ‘लातले हानेको कुकुर खाटमाथि’ भन्ने नेपाली उखान अझै समाजमा चर्चित छ । अहिले स्वास्थ्यमा ठ्याक्कै त्यस्तै भएको छ । देशभरका अस्पतालबाट लखेटिएका चिकित्सक डा. संजय ठाकुर स्वास्थ्य मन्त्रालयको शक्तिशाली महाशाखा कब्जा गर्न पुगेका छन् ।

अधिकारीहरु भन्छन्, ‘चिकित्सकले लखेटे तर, मन्त्री र उनको सचिवालयको अर्शीवादले अस्पताल छाडेर नीति निमार्णमा घुमिरहेका छन् । बिगतमा चिकित्सकले लखेटेका ठाकुर अहिले अरुलाई लखेट्न थालेका छन् ।’,

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक समेत रहेका डा. संजय ठाकुरले सोही केन्द्रमा कार्यारत एक तथ्यांक अधिकृत हटाउन गरेको जोडबलले स्वास्थ्य मन्त्रालय हैन सिंगो सिंहदरबार आश्चर्यमा छ । आफ्नो औकात भुलेका ठाकुर कार्यालयको काम छाडेर तथ्यांक अधिकृत सरुवा त्यो पनि स्वास्थ्यबाहिर पठाउन हातै धोएर लागेको स्वास्थ्य लाइभले फेला पारेको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार डा. ठाकुर केन्द्रका तथ्यांक अधिकृत मुक्ति खनालको सरुवा तत्काल लागू गराउन भन्दै दिनभर सामान्यमा धर्ना दिएका थिए । उनले त्यहा बसेर सचिव, सहसचिव, शाखा अधिकृत, उपसचिव र कार्यालय सहयोगीसम्म पनि खनालको कुरा काटेको त्यहाँका अधिकारीहरुले बताए । ठाकुर र खनालको केन्द्रमा पानी बाराबार भएको थियो । ठाकुरले सरकारी सम्पती लगानी गरेर विभिन्न उपकरण निजीलाई दिन खोजेपछि खनालले रोकेको चर्चा केन्द्रमा छ । त्यही कारण उनिहरु बिचको शीतयुद्ध सुरु भएको थियो । खनाललाई लखेट्न ठाकुरले आफ्नो सबै हैसियत भुलेका थिए ।

यता केन्द्रका निर्देशक डा ठाकुरलाई गत २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा केन्द्रबाट सरुवा गरी ल्याएपछि स्वास्थ्य क्षेत्रमा विभिन्न टिका टिप्पणी सुरु भएको हो । ठाकुरको सरुवाले गौप्राणी मन्त्रीका रुपमा परिचय बनाएका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्को नैतिकतामाथि नै स्वास्थ्यकर्मीहरुले प्रश्न उठाएका छन् ।

स्वास्थ्यमा ठाकुरलाई कुनै पनि कर्मचारीले राम्रो मान्दैनन् । यसको प्रमाण उनी सरुवा भएर देशका विभिन्न अस्पतालमा जाँदा देखिएको विवादले स्पष्टै पार्छ । स्वास्थ्यमा ‘भ्रष्ट’ मन्त्रीको प्रवेश हुनु र यस्ता विवादित व्यक्तिले स्थान पाउनुले स्वास्थ्य क्षेत्रमा काम गर्ने इमान्दार कर्मचारीको सीर यतिबेला झुकेको छ ।

ठाकुर बिगत ६ महिनामा तीन महत्त्वपूर्ण शाखाको प्रमुखमा नियुक्त भए । एचआइभी एड्समा केही समय बसेका उनी स्वास्थ्य मन्त्री र सचिवालयको टिमलाई अर्थिक प्रलोभनमा पारेर राष्ट्रिय क्षयरोग केन्द्रको प्रमुख बन्न सफल भए । केही महिना प्रमुख बनेका ठाकुर स्वास्थ्यमन्त्री परिवर्तन भएको केही समयमै गत २५ गते स्वास्थ्य क्षेत्रको सबैभन्दा उच्च महाशाखा अन्तराष्ट्रिय समन्वयको प्रमुख बन्न सफल भए । उक्त महाशाखा प्रमुख मन्त्रालयको प्रवक्ता समेत हुने प्रावधान रहेको छ । बोल्ने ढंगै नभएका ठाकुरले प्रवक्ताको भुमिका कसरी निभाउछन् त्यसको मूल्यांकन केही समयपछि गरौंला ।

ठाकुर यस्ता व्यक्ति हुन जो अरुको कुरा काटेर अफ्नो पदको गरिमा जोगाउँने हैसियत समेत राख्दैनन् । ‘सामान्यमा गएर अरुको कुरा काट्दा आफ्नो हैसियत के हो भन्ने ठाकुरले ख्यालै गरेनन्’, अधिकारीहरु भन्छन् । ठाकुरले यस्ता सबै सेटिङ स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार समेश ढकालसँग गरिरहेको बुझिएको छ । सरुवा गर्ने लिष्ट पनि ढकालले रफ बनाएको स्वास्थ्य लाइभले फेला पारेको छ ।

साउन १० गते खनाललाई सरुवा गरेर २० दिनभन्दा बढी गोजिमा पत्र बोकेर ठाकुर भारत गएका थिए । ठाकुर र रमेश ढकालसँगै भारतमा थिए । उनीहरु भारतबाट आएको भोलिपल्ट मुक्तिलाई पत्र थमाएका थिए । अझ आश्चर्यत सरुवा गरेको पत्रमा ठाकुर आफैले प्रशासन तुरुन्तै रमना दिई हाजिर हुन पठाउने भनेर तोक लगाएका छन् ।

ठाकुर कस्ता व्यक्ति हुन्

स्वास्थ्य मन्त्रालयसँग २७ हजार स्वाथ्यकर्मी छन् । महिला संयम सेविका, आमा समूह गरी १ लाख कर्मचारी आवद्ध छन् । तर ठाकुरलाई मन पराउने स्वास्थ्य मन्त्री खापुङ्का विज्ञ सल्लाहकार रमेश ढकालबाहेक कोही छैन ।

सिनियर चिकित्सकहरु ठाकुरलाई चिकित्सक मात्र हैन, मान्छेनै गन्दैनन् । वीर अस्पतालका एक चिकित्सकले भने, ठाकुर चिकित्सक नै हैन । उसलाई बिरामी जाँच्न हैन बोल्न समेत आउँदैन ।

तत्कालीन समयमा ठाकुरलाई स्वास्थ्य मन्त्रालयले कोशी अस्पताल सरुवा गरेको थियो । तर, १० औं तहका ठाकुर कोशीमा गएर साम्राज्य जमाउन खोजेपछि १० तहका चिकित्सक डा. दिपक सिग्देलसँग झगडा भएको थियो । त्यही बेला बिराटनगरबाट ठाकुरलाई अस्पताल प्रवेशमै रोक लगाउँदै लखेटेका थिए ।

मन्त्रालयले जनकपुरको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्यो । तर, त्यहाँ पनि काम गर्न नदिएर चिकित्सकहरुले लखेटेका थिए । जनकपुरबाट लखेटिएका ठाकुर मन्त्रालयकै शरणमा परे । रात दिन मन्त्री र सचिवालयको पाउ परेका उनले पुनः विरगन्जमा मेसु भएर गए । तर, त्यहा पनि चिकित्सकले नै लखेटे । चिकित्सकहरु उनलाई मान्छेका रुपमा हेर्दैनन् । केही शीप नलागेपछि मन्त्रालयले ठाकुरलाई वीर अस्पतालमा पठाएको थियो । तर, वीरमा पुनः लफडा भयो । बरिष्ठ चिकित्सक डा. मनेन गोर्खालीसँग झगडा परेर लखेटिए । चिकित्सकहरु भन्छन् ठाकेरलाई काम गर्न परै जाओस बिरामी जाँच्न पनि आउँदैन । यस्तो व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय महाशाखा दिएर मन्त्रीले के गर्न खोजेका हुन् भनेर स्वास्थ्य मन्त्रालय कै अधिकारीहरु अच्चममा परेका छन् ।

क्याटेगोरी : सुशासन
ट्याग : #डा सञ्जय ठाकुर, #डा. रमेश ढकाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com