चिकित्सक लाइसेन्स परिक्षाको नतिजा सार्वजनिक


काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल मेडिकल काउन्सिलले लिने परिक्षामा ४२ दशमलब ३२ प्रतिशत पास भएका छन् । त्यस्तै ५७ दशमलव ६८ प्रतिशत अनुत्तीर्ण भएका छन्।

परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए। जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भएका छन्। परीक्षामा १ हजार १ सय ७५ जना फेल भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार डेन्टल बिडिएस तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन्। बिडिएस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए। परीक्षामा सहभागी भएका ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन्। परीक्षामा १२३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको प्रतिशत ३४ दशमलव ८४ छ।

यस्तै, एमबिबिएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन्। परीक्षामा एक हजार सात सय ५ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ जना अनुपस्थित भएका थिए। एक हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण भएका छन् भने ९४६ जना अनुत्तीर्ण भएका छन्। एमबिबिएसमा ४३ दशमलव ८९ प्रतिशत मात्र पास भएका छन्।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com