कांग्रेसको समानुपातिकको बन्दसूचीबाट हटेका डाक्टरहरु


काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातकि प्रारम्भिक बन्दसूचीमा तीन चर्चित चिकित्सक नाम समावेश गरिएको थियो । निर्वाचन आयोगमा नेपाली कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा डा. चन्द्रमोहन यादव, डा. केदारनरसिंह केसी र डा. सुरेश कनोडियाको नाम समावेश गरिएको थियो । तर, समानुपातिकको अन्तिम बन्दसूचीमा यी तीनैजना डाक्टरहरू पर्न सकेनन् ।

डा. केदारनरसिंह केसी र डा. सुरेश कनोडियाको नाम अन्तिममा पार्टीले नै हटाएको हो । डा. चन्द्रमोहन यादव भने आफ्नो नाम मधेशी क्लस्टरको तीन नम्बरमा गरेको भन्दै निर्वाचन आयोगमा गएर समानुपातिकको बन्दसूचीबाट हटाउन निवेदन दिएका हुन् । अब यी तीनै चर्चित चिकित्सकको समानुपातिकबाट सांसद हुने ढोका बन्द भएको छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको प्रारम्भीक बन्दसूचीमा नेपाल चिकित्सक संघका अध्यक्ष केदारनरसिंह केसीको नाम ५२ औं नम्बरमा रहेको थियो । डा. चन्द्रमोहन यादव पनि समानुपातिकको बन्दसूचीमा मधेशी क्लस्टरबाट विमलेन्द्र निधिपछि डा. चन्द्रमोहन यादवको नाम परेको थियो । त्यो अवस्थामा उनी सांसद बन्ने सम्भावना थियो । तर अन्तिम चरणमा बुझाइएको समानुपातिकको बन्दसूचीमा ३ नम्बरमा परेपछि डा. चन्द्रमोहन यादवले आफ्नो नाम फिर्ता लिएका हुन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनोडियाको नाम पनि कांग्रेस समानुपातिकको प्रारम्भिक बन्दसूचीमा परेको छ । बन्दसूचीको ८८ औं नम्बरमा उनको नाम परेको हो । समानुपातिकको क्लस्टर मिलाउँदा डा. कनोडियाको नाम ३ वा ४ नम्बरमा पर्ने सम्भावना थियो । अन्तिममा उनको पनि समानुपातिकको बन्दसूचीबाट नाम हटेको छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको प्रारम्भीक बन्दसूचीमा विवादित गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्यालको नाम पनि समावेश थियो ।बन्दसूचीको ५७ नम्बरमा परेको अर्यालको नाम पनि विवादमा तानिएपछि हटाइएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस समानुपातिक बन्दसूची, #डा. केदार नरसिंह केसी, #डा. चन्द्रमोहन यादव, #डा. सुरेश कनोडिया

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com