काठमाडौं-४ मा गगन र राजनबीच रोचक भिडन्त


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भइसकेका राजन भट्टराईबीच रोचक भिडन्त हुन लागेको छ ।  कांग्रेसका महामन्त्री थापा र नेकपा एमालेका नेता भट्टराईबीच यो दोस्रोपटकको भिडन्त हो ।

अघिल्लो पटकको निर्वाचनमा थापासँग पराजित भट्टराई नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदानमा उत्रिएका छन् । उनी गगनसँग अघिल्लो पटकको बदला लिने उद्देश्यका साथ मैदानमा आएका हुन् । तर चुनावी रणनीतिका अब्बल खेलाडी थापालाई पराजित गर्न भट्टराईलाई त्यति सहज छैन ।

स्वास्थ्यमन्त्री हुँदा चर्चा बटुलेका थापा र तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई चुनावी मैदानमा उत्रिएसँगै काठमाडौं क्षेत्र नम्बर ४ पनि अहिले देशभर चर्चा र चासोमा परेको छ ।

‘ड्राइभिङ सिट’मा बस्ने अर्थात् प्रधानमन्त्री भएर देश हाँक्ने हिम्मतका साथ मैदानमा उत्रिएका थापा र परराष्ट्रमन्त्री बन्ने चाहनका साथ लडेका भट्टराईबीच कसलाई छान्ने भन्ने कुरा काठमाडौं-४ का मतदाताको हातमा छ । ५ महिना अगाडिको स्थानीय तहको नजिता हेर्ने हो भने सत्ता गठबन्धनका थापा र एमालेका भट्टराईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । थापालाई माओवादी र समाजवादीको पनि साथ रहने हुन विजयी हासिल गर्न सहज हुने विश्लेषकहरू बताउँछन् । जे होस् काठमाडौं-४ मा थापा र भट्टराईबीच भिडन्त हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #राजन भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com