नेपालमा डब्लूएचओकाे भुमिका शुन्य
क्षेत्राधिकार बाहिर गएर भतेर दिने डब्लूएचओले डेंगु महामारीमा रिएजेन्ट दिएन
	
                                            काठमाडौं । नेपालमा बसेकाे विश्वस्वस्थ्य संगठन डब्लूएचओकाे लापरवाहीले डेंगुकाे सेराेटाइप परिक्षण राेकिएकाे छ । नेता तथा कर्मचारीको गुलाममा डब्लूएचओका अधिकारी लाग्दा डेंगु नियन्त्रण अवरुद्ध भएकाे हाे ।
स्वास्थ्य सेवा विभाग इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार डब्लूएचओले डेंगु सेराेटाइप पत्ता लगाउने रिएजेन्ट दिनु पर्छ । तर, अहिले सम्म डब्लूएचओले रिएजेन्ट दिएकाे छैन । रिएजेन्ट नभएका कारण देशभरबाट परिक्षण गर्न ल्याएका २५० नमुना केन्द्रीय प्रयाेगशाला टेकुमा थन्किएका छन् ।
नेपालीकाे स्वास्थ्यमाथी गंभिर खेलवाड गर्ने नेपालकाे डब्लूएचओ प्रमुख डा राजेश पाण्डवलाई स्पष्टीकरण साेध्ने हिम्मत राज्यसँग छैन। किनकी पाण्डवले नेता, मन्त्री, सचिव र कर्मचारीलाई उठबस गराईसकेका छन् । नटेर दुतावास देखाउँछन् । अफ्ठेराे अवस्थामा पनि आफू माथि प्रश्न नउठाेस भनेर पाण्डवले महंगा र ठुलाे हाेटलमा लगेर एक जाेर लुगा र मासु भात खुवाएर कर्मचारी आफ्नाे पक्षमा पारेका छन् । महामारीको क्षेत्रमा नलागेर हाेटलकाे भातमा जाेड गरेका कयौं उदाहरण हामीकहाँ छन् ।
महाशाखाका एक अधिकारी डा गाेकर्ण दाहालका अनुसार हाल सम्म ३७ हजार १ सय ३१ जना डेंगुका बिरामी पुष्टि भएका छन् । साउन देखि हाल सम्म ४५ जनाकाे मृत्यु भइसकेकाे छ । नेपालमा याे हाल सम्मकै सर्वाधिक संख्या हाे । तर, यसमा सपाेट गर्ने डब्लूएचओ भने भतेर खुवाउन र परेड खेलाउन ब्यस्त छ । जुन उसकाे कार्यक्षेत्रमा पर्दैन । इमान्दार मान्छे भए पटक पटक विवादमा आउदा सार्वजनिक रुपमा अनुहार देखाउन समेत पाण्डेलाई लाज लाग्नु पर्ने हाे, अधिकारीहरु भन्छन् । तर, भारतीय मुलका पाण्डव नेपाल र नेपालकाे कर्मचारी तन्त्रलाई राैं बराबर मान्दैनन् ।
विभागका एक उच्च अधिकारीले डेंगुका बिरामीको नमूना संकलन भइसकेपनि परिक्षणमा डब्लूएचओकाे असहयोग भएकाे बताए । याे समाचार तयार पार्दा सम्म सेराेटाइप पत्ता लगाउने रिएजेन्ट डब्लूएचओले दिएकाे छैन । देशमा अस्थिरता निम्त्याएर मस्ति मार्न उद्दत नेपालकाे डब्लूएचओ प्रमुख पाण्डवकाे कार्यशैलि प्रती स्वयं स्वास्थ्य मन्त्रालय समेत खुसी छैन । नेपालमा बसेर डब्लूएचओले गर्ने कुनै काम नगरेर सरकारी निति निर्माणमा हस्तक्षेप गरिरहेकाे उनिहरु बताउँछन् ।
“लामखुट्टेले टाेकेर ४५ जनाकाे मृत्यु भएकाे छ । हजारौं हजारलाई बिरामी पारेकाे छ । याे अवस्थामा डेंगुले नयाँ स्वरुप लिएकाे हाेकी भनेर तत्काल नमूना परिक्षण गर्नु पर्ने थियाे मन्त्रालयका एक अधिकारीले भने, तर, डब्लूएचओले यसमा कुनै सहयोग गरेन ।” सन् २०१९ मा १७ हजार केस पुष्टि हुदा ७ जनाकाे मृत्युभएकाे थियाे । उक्त समयमा सेराेटाइप १ र सेराेटाइप २ देखिएको थियाे ।
अहिले डेंगु संक्रमण बिस्तारै घटिरहेकाे डा दाहालले बताए । केस बृद्दि हुदा सुतेर बसेकाे सरकार र डब्लूएचओका अधिकारी केस घटेपछि सेराेटाइप पत्ता लगाउन जुटेका छन् । तर केस शुन्यमा पुगेपछि पत्ता लगाउछन् वा अगाडि लगाउछन् त्याे भने सरकारकाे हातमा हैन आइएनजिओकाे हातमा छ ।
क्याटेगोरी : समाचार
				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस