महिला जागरणमा विशेष फोकस दिन्छु : विनोद बान्तवा


काठमाडौं । नेपाली कांग्रेस भोजपुर १(१)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका विनोद बान्तवाले महिला जागरण र विकासमा आफूले विशेष ‘फोकस’ दिने बताएका छन् ।
नेपाली कांगेसकै नेतृत्वमा लोकतान्त्रिक र समावेशी संविधान बनेको स्मरण गराउँदै उनले यो संविधान पूर्ण र सफल रुपमा कार्यान्वयन भए महिलाले विशेष अधिकार पाउने स्पष्ट पारे ।

विद्यार्थी राजनीति देखिनै महिला अधिकार र सशक्तीकरणको पक्षमा वकालत गर्दै आएको स्मरण गराउँदै उनले यो विषयहरूलाई सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लैगिङ्क समानता कायम गर्नका लागि हरेक क्षेत्रमा समान अवसर प्रदान गर्नुपर्ने बताउँदै बान्तवाले सरकारले बनाउने कानुनमा यी कुरालाई विशेष ध्यान दिनु पर्ने धारणा राखे ।’कांग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संविधानको मुख्य उद्देश्य नै समानता र सामाजिक समावेशीकरण हो’, उनले भने, ‘यो संविधानको सफल कार्यान्वयनका लागि संविधानको उद्देश्य अनुरूपको ऐन, कानुन बनाउनु पर्छ । त्यस्तो कानुन बनाउन म विशेष भूमिका खेल्छु । यसमा मेरो विशेष फोकस छ ।’,

२०६२/६३ सालको जनआन्दोलाबाट प्राप्त उपलब्धिलाई जोगाउन लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन सकेको खण्डमा मात्र समावेशी व्यवस्थाको उचित कार्यान्वयन हुने बान्तवाको भनाइ छ । महिलालाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरहरू सिर्जना गर्न आफूहरू निरन्तर लागि पर्ने उनको प्रतिबद्धता रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com