शताब्दी पुरूष सत्यमोहनको निधनमा कसले के भने ?


काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म श्रदाञ्जली दिएका छन् ।  उनीहरूले सामाजिक सञ्जालमार्फत जोशीको निधनमा दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छिन् । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको बताएका छन् उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहने उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ। बताएका छन् ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लेखेका छन्, ‘ ऐतिहासिक व्यक्तित्व सत्यमोहन जोशी अब हामी वीच रहनुभएन। आफ्नो १०२ वर्ष लामो जीवनको अन्तिम क्षणसम्म बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने वहाॅको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन् ।’,

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले देशले अभिभावक गुमाएको क्षणले स्तब्ध बनाएको लेखेका छन् ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा दु:खद् निधन भएको खबरले स्तब्ध तुल्याएको बताएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com