स्वास्थ्य उपचारलाई प्रविधिसँग जोड्ने दिपेन्द्रको प्रतिबद्धता


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १  (क) मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका दीपेन्द्र श्रेष्ठले स्वास्थ्य उपचारलाई प्रविधिसँग जोड्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त क्षेत्रको प्रतिनिधिसभामा प्रकाशमान सिंह, किरण पौडेल, रमेश खरेल, पुकार बम रवीन्द्र मिश्र उम्मेदवार रहेकाले निकै चर्चा छ । तर, स्वास्थ्यका विशेष एजेण्डा लिएर आएका दिपेन्द्रसँग प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्नेहरुको भने खासै चर्चा सुनिदैन ।

प्रतिनिधिसभामा उठेका उम्मेदवारभन्दा स्वास्थ्यका एजेण्डालाई विशेष प्राथमिकता दिएका दिपेन्द्रले कोरोनाकालकामा रत्नराज्य स्कुलमा कोरोना आइसोलेसन खोल्ने, घर-घरमा औषधि पुर्‍याउनेदेखि सिभिल हस्पिटललाई झन्डै करोडको स्वास्थ्य सामग्री उपलब्ध गराउने समेत काम गरिसकेका छन् । त्यसैले “घर-घरमा सेवा, जन-जनमा सुविधा, प्रकाश-दीपेन्द्र नै हुन् जनताका सच्चा सेवक” भन्ने नाराका साथ उनी चुनावी मैदानमा होमिएका छन् ।

स्वास्थ्यका एजेण्डाहरू कार्यान्वय गर्न र भूमाफियाले हडपेका जग्गा राज्यको स्वामित्वमा ल्याउने अधुरा काम पूरा गर्ने अभियानलाई निरन्तरता दिन दिपेन्द्रले मतदातासँग भोट मागेका छन् ।

अशक्त तथा हिँडडुल गर्न नसक्ने बिरामीहरुको लागि नशारोग, मुटुरोग, मिर्गौला रोग, हाडजोर्नी रोग विशेषज्ञहरुको कार्यदल गठन गरि Telemedicine प्रविधिमार्फत नि:शुल्क स्वास्थ्य उपचार परामर्श सेवा प्रदान गर्न उनले भोट मागेका हुन् ।

स्वास्थ्यका गुणस्तरीय सेवा सुविधाका कार्यक्रम ल्याउन, आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा घर-घरमा पुर्‍याउन, स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य संस्थाहरुको सुधार गर्नका लागि चुनावमा उठेको दिपेन्द्रको भनाइ छ ।

प्रत्येक वडा कार्यालयमा नर्सिङ सेवा उपलब्ध गराउन, प्रत्येक वडामा १ चिकित्सक राख्ने व्यवस्था मिलाउन र वडास्तरमै दक्ष जनशक्तिसहित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि आफूले उम्मेदवारी दिएको उनको तर्क छ ।

स्वास्थ्य जनशक्ति विकासका लागि शैक्षिक छात्रवृत्तिका कार्यक्रम ल्याउने स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार र उपकरणका साथै जनशक्तिको पनि उचित व्यवस्थापन गर्ने र प्रदेशभरिका अस्पतालहरुको क्षमता, पूर्वाधारको विकास तथा सुविधा अनुसार वर्गीकरण गर्ने जस्ता एजेण्डालाई दिपेन्द्रले समेटेका छन् ।

संघ मातहत रहेको अस्पताल, स्थानीय सरकार मातहत रहेका अस्पतालसँग विशेष सहकार्य गरी प्रदेश अस्पतालको सेवा सुविधामा सुधार ल्याउने, अशक्त र दीर्घरोगीलाई सरकारले दिँदै आएको सुविधालाई स्वास्थ्य बीमामा समाहित गरी एकीकृत स्वास्थ्य बीमा लागू गर्ने समेत उनको प्रतिबद्धता छ ।

दिपेन्द्रले भूमाफियाले हडपेका जग्गा राज्यको स्वामित्वमा ल्याउने अधुरा काम पूरा गर्ने अभियानलाई निरन्तरता दिने, सरकारी/ सार्वजनिक र गुठीका जग्गाको संरक्षण गर्ने र भूमिलाई वैज्ञानिकीकरण गर्नका लागि विशेष समितिको रायसहितको म्यापिङ कार्यक्रम ल्याउने चुनावी एजेण्डा बनाएका छन् ।

सामुदायिक विद्यालयमा आईटिसी ल्याब र मन्टेश्वरी स्थापना गर्ने र अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट गहन अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको कक्षा एकदेखि कक्षा १२ सम्मका सम्पूर्ण पाठ्यक्रमहरु समावेश भएको Online Learning Platform सरकारी एवं सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराउने योजना रहेको दिपेन्द्र सुनाउँछन् ।

 बागमती प्रदेशलाई आईसीटी हवका लागि पूर्वाधार, सुविधा र आय आर्जनको प्याकेज निर्माण गर्न आफूले फेरि उम्मेदवारी दिएको उनको भनाइ छ

घर/जग्गा किनवेच, Driving License प्राप्ति, नागरिकता, पासपोर्ट लगायतका राज्यवाट प्रदान हुने सेवाहरु नागरिकले घरवाट नै प्राप्त गर्न Digital ID Mobile Application लागू गर्न र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त सूचना प्रविधिमा आधारित कम्पनीहरु जस्तै: Amazon, Microsoft, Google, IBM सँग समन्वय गरी उक्त कम्पनिहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न विशेष रुपमा लागि पर्ने दिपेन्द्रको प्रतिबद्धता छ ।

स्वास्थ्य तथा मनोरन्जन पार्क निर्माण गर्न, बागमती प्रदेश सरकारले ल्याएको काठमाडौं उपत्यकामा सम्पदा पदमार्गको निर्माण गर्ने कार्यक्रमलाई पूर्णता दिन र ढुंगेधारा, पोखरी, कुवा, ताल आदिको संरक्षण गर्न निरन्तर लाग्ने उनको घोषणा छ ।

सडकमा गस्ती, सडक एम्बुलेन्सको व्यवस्था मिलाउनेदेखि स्थानीय तहसँगको समन्वयमा टोल-टोलमा सिसिटीभी जडान गर्नेसम्मका दिपेन्द्रका एजेण्डा रहेका छन् । सुशासन तथा सदाचारयुक्त र भ्रष्टाचारमुक्त समाज र राष्ट्र निर्माण गर्न प्रविधिको प्रयोगलाई उच्चतम उपयोगमा ल्याउने उनको संकल्प छ ।

प्रदेशभित्रको कम्तिमा ५० जना औद्योगिक घरनाहरुलाई हरेक फरक विषयमा विशेष औधोगिक क्षेत्र विकास गर्न संघीय सरकार, उद्योग वाणिज्य महासंघ , उद्योग परिसंघ तथा उद्योग वाणिज्यसम्बन्धी विभन्न संस्थाहरूसँगको सहकार्यमा उद्योग र नव-प्रवर्द्धनका विशेष कार्यक्रम ल्याउने एजेण्डा समेत दिपेन्द्रको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

राज्यबाट नागरिकलाई प्रदान गरिने विभिन्न सामाजिक सुरक्षा (बृद्ध भत्ता, एकल महिला, अशक्त/अपाङ्गता आदि) कार्यक्रमहरुमा एकद्वार प्रणाली लागू गर्न, एकीकृत सामाजिक सुरक्षा लगत प्रणाली( Integrated Social Registry) लागू गर्न र लाभग्राही नागरिकलाई सामाजिक सुरक्षा पहिचान नम्बर(Social Security Number) प्रदान गर्न आफूले भूमिका खेल्ने दिपेन्द्रले एजेण्डा अगाडि सारेका छन् ।

महिला, बालबालिका पिछडिएको , अशक्त, एकल महिला, शारीरिक रूपमा फरक क्षमता भएका, बृद्धलगायतको सामाजिक सुरक्षाका लागि एकीकृत रुपमा स्वास्थ्य बीमा+ आवास+तिर्थाटन लगायतका कार्यक्रम ल्याउन आफू अगाडि सरेेको उनले बताए । खेलकुद एकेडेमीहरूको स्थापना र विकास गर्न र स्थानीय आवश्यकता अनुसारका खेलकुद पूर्वाधार निर्माण गर्न पनि लागि पर्ने दिपेन्द्रको प्रतिबद्धता छ ।

क्याटेगोरी : समाचार
ट्याग : #दिपेन्द्र श्रेष्ठ, #स्वास्थ्यका एजेण्डा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com