त्रिशुली अस्पताल बागमती प्रदेशको सर्वोकृष्ट अस्पताल


काठमाडौं । बागमती प्रदेशका अस्पतालमध्ये नुवाकोटको त्रिशुली अस्पताल सर्वोकृष्ट अस्पताल भएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाका अनुसार त्रिशुली अस्पताललाई बागमती प्रदेशको सर्वोकृष्ट अस्पतालको रूपमा पुरस्कृत गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य सेवाको सूचकलाई आधार मानेर त्रिशुली अस्पताललाई सर्वोकृष्ट अस्पतालको रूपमा पुरस्कृत गरेको उनको भनाइ छ । चितवको सौराहामा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०७८-७९ वार्षिक समीक्षा गोष्ठी समापन कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

डा. दिपेन्द्र पाण्डेले नेतृत्वमा त्रिशुली अस्पतालमा धेरै सुधार भएको थियो । उनको योगदनाले त्रिशुली बागमती प्रदशकै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले त्रिशुली अस्पताललाई प्रथम, धादिङ अस्पताललाई दोस्रो र भक्तपुर अस्पताललाई तेस्रो उत्कृष्ट अस्पतालको रूपमा पुरस्कृत गरेको छ ।

त्यस्तै बागमती प्रदेश अन्तर्गतका जनस्वास्थ्य कार्यालयमध्ये काभ्रेपलान्चोक प्रथम, ललितपुर दोस्रो र मकवानपुर तेस्रो भएको स्वास्थ्यमन्त्री लामाले जानकारी दिए ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०७८-७९ वार्षिक समीक्षा गोष्ठी कार्तिक १५- १७ गतेसम्म चितवनको सौराहामा चलेको थियो । उक्त गोष्ठीबाट १९ बुँदे सौरहा घोषणा पत्र जारी गरिएको स्वास्थ्यमन्त्री लामाले जनाए ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. दिपेन्द्र पाण्डे, #त्रिशुली अस्पताल नुवाकोट, #स्वास्थ्यमन्त्री निमा लामा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com