स्वास्थ्य मन्त्रालयमा फरक पार्टीको मन्त्री र राज्यमन्त्री नरहने सम्भावना


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फरक पार्टीमा मन्त्री र राज्यमन्त्री नरहने सम्भावना बढेको छ ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारीसँगै स्वास्थ्यमा फरक पार्टीको मन्त्री र राज्यमन्त्री नरहने सम्भावना बढेको हो ।

स्वास्थ्य मन्त्रालयमा नेकपा एमालेका पदम गिरी मन्त्री रहेका छन् भने राज्यमन्त्रीको जिम्मेवारीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोशिमा कार्की छिन् । एउटै मन्त्रालयमा फरक पार्टी मन्त्री र राज्यमन्त्री बन्दा काम गर्ने क्रममा विवाद समेत देखिएको छ ।

वीर अस्पतालमा रिबन काट्नेदेखि प्रोटोकलविपरीत आगोले जलेका व्यक्तिलाई भेटेको  भिडिओले राज्यमन्त्री कार्की तीव्र विवादमा छिन् ।

नागरिकता विवादका कारण सर्वोच्च अदालतबाट सांसद र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले गृहमन्त्री नपाए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएर बालुवाटारबाट हिँडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीका नेता शक्ति बस्नेतलाई गृहमन्त्री बनाउन चाहन्छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन नसकिने अडान राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीचको पछिल्लो वार्ताले उनीहरूबीच निकै खटपट भएको छ । नेपाली कांग्रेसको आड-भरोसामा रहेका प्रधानमन्त्री दाहाल कुनै हालतमा पनि गृह मन्त्रालय अरु पार्टीलाई नदिने पक्षमा उभिएका छन् । यसले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने अवस्थामा देखिन्छ । यस्तो अवस्थामा स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्की पनि पार्टीबाट फिर्ता हुनुपर्ने हुन्छ । त्यसैले स्वास्थ्यमा फरक पार्टीको मन्त्री र राज्यमन्त्री नरहने सम्भावाना छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. तोशिमा कार्की स्वास्थ्य राज्यमन्त्री, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राष्ट्रिय स्वतन्त्र पार्टी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री पदम गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com