वीपीका किर्ते प्राध्यापक उपकुलपति डा. गिरीद्वारा झन्डै ५ करोड अपचलन


काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते वीपीका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले झन्डै ५ करोड अपचलन गरेको तथ्य फेला परेको छ ।

निलम्बित उपकुलपति डा. गिरी, अस्पताल निर्देशक डा. जगत नारायण लगायतको मिलेमतोमा उक्त रकम अपचल गरिएको हो ।

स्वास्थ्य लाइभले फेला पारेको तथ्यमा आर्थिक लाभ लिएर ठेकेदारसँगको मिलेमतोमा कानुनविपरीत ४ करोड ८० लाख ३५ हजार रुपैयाँ अपचल गरिएको देखिन्छ । यो एक प्रकारको भ्रष्टाचार हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ मा प्रतिष्ठानले बजेट तथा कार्यक्रमको अधिनमा रही खर्च गर्नु पर्ने व्यवस्था गरेको छ । तर, वीपीका पदाधिकारीले बजेट र कार्यक्रमबाहिर गएर ठेकेदारलाई ४ करोड ८० लाख ३५ हजार रुपैयाँ बढी भुक्तानी गरेको हो ।

नपाएको प्राध्यापक भाएर भनेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका किर्ते प्राध्यापक उपकुलपति डा. गिरीमाथि आर्थिक उपचलन गरेर भ्रष्टाचार गरेको मुद्दा समेत लाग्ने सम्भावना देखिन्छ ।

वीपी प्रतिष्ठानको बजेट तथा कार्यक्रममा बिरामीका लागि निःशुल्क राशन व्यवस्था भनेर ५० लाख बजेट विनियोज गरिएको थियो । तर, उक्त शीर्षकमा १ करोड १ लाख ६३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । मिलेमतोमा उक्त शीर्षकमा ५१ लाख ६३ हजार बजेट बाहिरबाट भुक्तानी गरेको पाइन्छ ।

त्यस्तै सामाजिक सेवा इकाई एकद्वार संकट व्यवस्थापन केन्द्र, जेरियाट्रिक वार्ड कार्यक्रम ( औषधि उपचार खर्च)का लागि बजेट ३ करोड विनियोजन गरिएको थियो । तर, वीपी प्रतिष्ठानले उक्त शीर्षकमा ३ करोड २४ लाख १ हजार खर्च गरेको छ । प्रतिष्ठानले निमयविपरीत २४ लाख औषधि उपचार खर्च)का लागि बढी भुक्तानी गरेर बजेट अपचलन गरेको हो ।

वीपी प्रतिष्ठानको मातृशिशु अस्पताल भवन निर्माणका लागि बजेटविपरीत ४ करोड बढी भुक्तानी गरेको तथ्य समेत फेला परेको छ । प्रतिष्ठानले बजेट विनियोजन गर्दा उक्त भवनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ थियो । तर, ३७ करोड ४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । वीपीका पदाधिकारीहरुको मिलेमतोमा मातृशिशु भवन निर्माणका लागि ४ करोड ४ लाख ७१ हजार रुपैयाँ बढी भुक्तानी गरिएको छ । यो रकम सीधै आर्थिक उपचलन हो ।

महालेखा परीक्षकको कार्यालय समेत बजेटभन्दा बढी खर्च गरेको उक्त रकम कानुनसम्मत नदेखिएको उल्लेख गरेको छ ।

वीपीका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले १५ करोड बढीको कमसल उपकरण खरिद गरेको खुलासा भइसकेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## निलम्बित उपकुलपति ज्ञानेन्द्र गिरी, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com