गेटा अब दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने


काठमाडौं ।  गेटा मेडिकल कलेज अब शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रुपान्तरण हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कैलालीको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गेटालाई स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा विकास र विस्तार गर्न लागिएको हो । उनले गेटालाई शहीद दशरथ चन्दको नाममा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने उद्‌घोष गरेका थिए । नेपाल सरकारको लगानीमा निर्माण भएको गेटा पश्चिम नेपाल कै स्वास्थ्य शिक्षाका क्षेत्रमा कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गेटालाई विश्वविद्यालयमा रुपान्तरण गर्न आवश्यक तयारी थाल्ने मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com