गर्भवती महिलामा मुटु दुख्ने समस्याबारे यसो भन्छन् डा.सापकोटा


गर्भवति महिलाहरूमा प्रायः देखिने समस्या मध्येको एक हो, मुटु दुख्नु अर्थात् हर्ट बर्न । यो समस्या विशेषगरी गर्भ बसेको पहिलो तीन महिनाभित्र नै अधिकांश महिलाहरूमा देखिन सक्छ । आमाशयमा रहेको अम्लिय पदार्थ माथि आउने हुँदा यो समस्या देखिने गर्छ । पेटको माथिल्लो र बीच भागमा दुख्ने र पोल्ने, अमिलो पानी मुख या घाँटीसम्म आउने, करङ्गको अगाडी र पछाडी बीच भागमा दुख्ने यसका लक्षणहरु हुन् ।

गर्भावस्थामा निस्कने हार्मोन जस्तो की प्रोजेस्टेरोनले आन्द्राको मांसपेशीलाई आराम गराउने हुँदा यो समस्या हुने गर्दछ । पछिल्लो समयमा भने पाठेघर र बच्चाले धेरै ठाउँ लिने हुँदा आन्द्रा र आमाशयमा बढी प्रेसर पर्ने हुँदा पनि यस्तो समस्या देखिने क्रम बढेको छ ।

कस्ता खानाले बढ्छ मुटु दुख्ने समस्या ?
अम्लिय खाना, जस्तोः साँधेको परिकार (अचार, तरकारी, मासु आदी) मसलादार खाना
भिनेगर
तारेको खाना
बोसो मिसिएको खाना
कफी चकलेट
कार्बोनेटेड पेय पदार्थ जस्तैः कोकोकोला
चुरोट
मद्यपान

कसरी कम गर्ने ?
प्रशस्त मात्रामा हरियो सागसब्जी खाने
माछामासु खाँदा प्रशस्त मात्रामा हरियो सलाद खाने
खानासँगै पानी नपिउने (माथि भनिएका अम्लिय खाना, मसालादार खाना, तारेको, बोसो मिसिएको खाना, कफि, चकलेट, कार्बोनेटेड पेय पदार्थ, मद्यपान, धुम्रपान नगर्ने)
पटपकपटक थोरै खाना खाने
खाना खाइसकेपछि कम्तिमा २ घन्टा नसुत्ने सुत्दा सिरानी राखेर सुत्ने (कम्तिमा ६ देखि ९ इन्चसम्म टाउको उठ्ने गरी)

कुन अवस्थामा डक्टरलाई सम्पर्क गर्ने ?
* यदि मुटु दुख्ने अर्थात् हर्ट बर्न कै कारणले तपाईंको निद्रामा गडबड भएको वा कम सुत्नु हुन्छ भने
* मानसिक र शारिरीक थकावट भयो भने
* सामान्य घरेलु उपचार या खानपिनको सुधारले कम भएन भने
* चिकित्सकले दिएको औषधिले पनि कम नभएको अवस्थामा वा मुटु दुख्ने क्रम बढेमा
* पछिल्लो तेस्रो महिनामा रक्तचाप बढ्ने र खुट्टा सुन्निनुको साथै मुटु दुख्ने भएका तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ

तर, हरेक गर्भवति महिलाले कहिले घरायसी उपचार गर्ने वा कलिहे औषधि उपचार गर्ने भनेर चिकित्सकको परामर्शमा नै गर्नु उत्तम हुन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com