प्रभावकारी पुष्टि भएकाे “ट्रु मी” ब्रान्डका साैन्दर्य सामाग्री बजारमा, स्वस्तिमा खड्काले सार्वजनिक गर्दै


काठमाडौ । अमेरिकन प्रविधिमा आधारित ‘ट्रु मी’ ब्राण्डका सौन्दर्य सामाग्रीहरू बजारमा आएकोे छ । नेपालमा परिक्षण गरि प्रभावकारी ठहरिएको उक्त सामग्री बजारमा आएको हाे । नायिका स्वस्तिमा खड्काले साे सामग्रीको साेमबार औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेकाे छ ।

उत्पादन रसायनरहित भएकाले सेवाग्राहीको आँखा, छाला र कपाललाई कुनै असर नगर्ने प्रबन्ध निर्देशक सुशान्त मुरारकाको बताए ।

ट्रु डर्मा एसए प्रा.लि ले ‘पार्लर रेञ्ज’ मा ‘टुमी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू नेपाली बजारमा ल्याएको हाे । ट्रु डर्मा एस.ए.ले डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्री क्षेत्रमा करिब १२ वर्षदेखि काम गर्दै आएको छ । अमेरिकन प्रविधिमा आधारित यी सामाग्रीहरू कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियल लगायतका रेञ्जमा उपलब्ध छन् ।

जथाभावी गुणस्तहीन केराटिनको प्रयोगले कपाल झर्ने, विभिन्न समस्या आउन सक्ने भएकाले जहिले पनि उच्च गुणस्तरको केराटिनबाट उपचार गर्नुपर्ने प्रबन्ध निर्देशक मुरारकाको धारणा छ । ट्रु मीका उत्पादन रसायनरहित भएकाले सेवाग्राहीको आँखा, छाला र कपाललाई कुनै असर नगर्ने प्रबन्ध निर्देशक मुरारकाले स्पष्ट पारे । टुमी का उत्पादन कस्मेटिक पसल, फार्मेसी र पार्लरहर उपलब्ध छन् ।

प्रायः व्युटिसियनहरूलाई केरोटिन उपचारको अनुपात मिलाउन सक्ने ज्ञान हुने भएकाले देशका विभिन्न भागका व्युटिसियनहरुलाई तालिम दिन पनि सुरू गरिएको प्रबन्ध निर्देशक मुरारकाले जानकारी दिए ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com