अदालतको आदेशको अपव्याख्या गरी वीपी प्रतिष्ठानले आईसीयू खरिदमा करोडौं अनियमितता भएको महालेखाको ठहर


काठमाडौं । अदालतको आदेशको अपव्याख्या गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धारनले आईसीयू उपकरण खरिदमा करोडौं अनियमितता भएको महालेखाको ठहर छ ।

वीपी प्रतिष्ठानका निलम्बित “किर्ते” प्राध्यापक ज्ञानेन्द्र गिरी रअस्पताल निर्देशक डा. जगत नारायण प्रसादको मिलेमतोमा आईसीयू उपकरण खरिदमा अदालतको समेत अवज्ञा गरेर करोडौं अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनले औँल्याएको छ

गिरीकै सिफारिसमा तत्कालीन स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुंगलाई मोटो रकम बुझाई नियुक्ति लिएको आरोप लागेका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादको मिलेमतोमा खरिद गरेेको करोडौं अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनले औँल्याएको हो । गित हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर भइ निलम्बनमा रहेका छन् ।

तत्कालिन अस्पताल निर्देशक डा. गौरीशंकर शाहले बोलपत्र रद्द गर्न लेखेको पत्र उल्ट्याएर डा. जगत नारायण र “किर्ते” प्राध्यापक गिरीको मिलेमतोमा अदालतको आदेशको अपव्याख्या गर्दै खरिद कार्य गरिएको देखिन्छ ।

“आईसीयू ३० बेड, भेन्टिलेटर, इ.सी.जी. मेसिन, बेडसाइड मनिटर, लगायत १५ आइटम सप्लाई डेलिभरी र इन्स्टलेसन समेतको लागि बोलपत्र पेश गरेका मध्ये रितपूर्वक देखिएको दुई बोलपत्रदाता मेडिकल सोलुसन प्रा.लि. को कबोल अंक लागत रू. १७,४४,७१,१४६|०२ (भ्याट बाहेक) को तुलनामा २७.८२ प्रतिशत घटि रू १२,५९,३९,०००|० (भ्याट बाहेक) रहेको पाइयो भने एम.बी. मेडिटेक प्रा.लि. को कबोल लागतको तुलनामा ०.४५ प्रतिशत घटी रू १७,३७,७०, ४५६|० रहेको पाइयो ।’, महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बोलपत्र मूल्यांकन समितिको ठोस् राय बेगर प्राविधिक समितिको निर्णय यम.बि. मेडिटेकले प्रस्ताव गरेको उपकरण Technically qualified उल्लेख गरेको आधारमा २०७८/८/८ मा घटी कबोल गर्ने मेडिकल सोलुसनको सट्टा यम.बि. मेडिटेक प्रा.लि. को बोलपत्र स्वीकृत भइ २०७८ मंसिर २० मा निज प्रा.लि. संग सम्झौता भएको पाइयो ।  यसले बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्दा रू ४,७८,३२,४५६|० बढी व्ययभार परेको छ ।

सो सम्बन्धमा सार्वजनिक खरिद पुनरावलोकन समितिले यम.बि. मेडिटेक प्रा.लि. को बोलपत्र छनौट गरेको प्रतिष्ठानको मिति २०७८/८/८ को निर्णय २०७८/९/२२ मा बदर गरेको छ । बिडिङ डकुमेन्टमा The purchaser reserves right to accept or reject, wholly or partly any or all the bids without assigning reasons whatsoever  भनी क्राइटेरिया राखेको अवस्थामा प्याकेज कामको लागि प्रतिस्पर्धी बोलपत्रदाता मध्येबाट प्राविधिक रूपमा Qualified भएका आइटमहरू न्युनतम दररेटमा छनौट गर्न किफायत र उपयोगी हुने उल्लेख गरेको छ ।

पुनरावलोकन समितिको उक्त निर्णयको आधारमा बोलपत्र मूल्यांकन समितिले २०७८/८/२८ मा यम.बि. मेडिटेक प्रा.लि. को भन्दा न्यून रहेकोले मेडिकल सोलुसन प्रा,लि. को बोलपत्र स्वीकृत गर्न उचित हुने र आइटमवाइजको आधारमा दुबैको बोलपत्र आंशिक रूपमा छनौट गर्न गरेको सिफारिस २०७८/९/३० मा स्वीकृत भएको छ ।

यम.बि. मेडिटेक प्रा.लि. ले सोही दिन २०७८/९/३० मा आफुसंग भएको खरिद सम्झौता यथास्थितिमा राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश जारी गरेको प्रमाण पेश गरि सोही आधारमा खरिद सम्झौता रद्द नगरी एम.बि. मेडिटेक प्रा.लि. लाई खरिद आदेश जारी गर्ने निर्णय २०७९/१/५ मा उपकुलपतिबाट स्वीकृत भएको छ ।

यसरी सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय अस्वीकार गरी सम्मानित सर्वोच्च अदालतको निर्णय अघिनै एम.बि. मेडिटेक प्रा.लि. लाई फाइदा पग्ने गरी रू ४ करोड ७८ लाख ३१ हजारको उपकरण खरिद गर्न आदेश दिएको मनाशिव देखिएन ।”

गिरी र जगत नारायणको सेटिङको खरिद

वर्तमान अस्पताल निर्देशक डा. जगत नारायण प्रतिष्ठानको एनेस्थेसिया विभागका सह-प्राध्यापक हुन् र आइसीयू निजकै मातहतमा पर्छ ।  “डा. जगतले यही आइसीयू उपकरण खरिद र अस्पताल फार्मेसीमा औषधी खरिद अनियमिततामा “किर्ते” प्राध्यापक गिरीलाई साथ् सहयोग गरेको पुरस्कार स्वरूप नै गिरीले प्रतिष्ठानका सबैभन्दा कनिष्ठ चिकित्सक भएतापनि निजलाई अस्पताल निर्देशक नियुक्त गराएका हुन्” सोही पदका आकांक्षी प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापकले भने । “गिरी, जगत नारायण, इलेक्ट्रोनिक इन्जिनियर राहुल मिश्र र गिरीका आर्थिक सल्लाहकार अमित यादव मिलेर सार्वजनिक खरिद ऐन, नियमावली, खरिद अनुगमन कार्यालयको निर्देशन एवं सम्मानित अदालतको फैसला समेतको अपव्याख्या गरेको पाइन्छ ।

‘यो अनियमित खरिदमा करोडौं कमिसन कुम्ल्याए, सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरि कारबाही गर्नेछ भन्ने हामीलाई विश्वास छ” प्रतिष्ठानका एक पूर्व पदाधिकारीले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com