गगन सरकारमा नगए प्रदीप स्वास्थ्यमन्त्री बन्ने सम्भावना


काठमाडौं । कांग्रेस महामन्त्री गगन कुमार थापा सरकारमा सहभागी नभए प्रदीप पौडेल स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेको छ । थापाको कोटाबाट पौडेल स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेको कांग्रेसभित्र चर्चा छ ।

संसदीय दलको चुनावमा गगनको पक्षमा उभिएका पौडेललाई स्वास्थ्यमन्त्री बनाउन सक्ने चर्चा चुलिएको हो । थापा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ८ देखि ९ वटा मन्त्रालय पाउने सम्भावना रहेको छ । डा. शेखर कोइराला नेतृत्व गरेर सरकारमा जान खोजेका छन् । उनी नगए डिगबहादुर लिम्बु मन्त्री बन्ने निश्चित जस्तै छ ।

पाैडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याउन कांग्रेस निटक संगठन कम्मर कसेर लागिपरेका छन् । उनीहरूले  पाैडेललाई पटकपटक भेटेर स्वास्थ्यमा गर्न सकिने कामकाे विषयमा जानकारी समेत गराइ सकेका छन् । यद्यपि उनले स्वास्थ्यमा आउन खासै रुची नराखेको निकटहरू बताउँछन् ।

पाैडेलले  सांसद नै नहुने अवस्थामा जितेर आएकाे भन्दै मन्त्रीमा ठूलाे रुची नभएको प्रतिक्रिया दिने गरेको उनी निकट व्यक्तिहरू बताउँछन् । गगनले आफू सरकारमा नगए पौडेललाई स्वास्थ्यमन्त्रीमा पठाउने पक्षमा छन् ।

स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अशोक राईको पनि चर्चा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #प्रदीप पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com