स्वास्थ्य मन्त्रालय प्रचण्डसँगै, कसले कुन पाए ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार तथा हेरफेर गर्ने निर्णय गरेका छन् । उनले आज थपिएका मन्त्रीहरू सपथ खुवाएका छन् । उनले मन्त्रिपरिषद् हेरफेरको सूची राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका हुन् ।

मन्त्रिपरिषद्को नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, वन, कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पूर्णबहादुर खड्कालाई उपप्रधानसहित रक्षा र नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बेदुराम भुसाल कृषि, अशोक कुमार राई शिक्षा, शरदसिंह भण्डारी श्रम र प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । महिन्द्र राय यादव महिला, शक्तिबहादुर बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराँती पर्यटन र अमनलाल मोदीले सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

त्यस्तै प्रकाश ज्वाला भौतिक पूर्वाधार, रन्जिता श्रेष्ठ भूमि व्यवस्था, रमेश रिजाल उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउन सफल भएकी छिन । पर्यटन राज्यमन्त्रीको जिम्मेवारी भने शुशिला सिर्पाली ठकुरीले पाएकी छिन् ।

खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका अब्दुल खानले भने राजीनामा दिएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले पाउने भएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com