एनएचआरसीको अस्तित्व खोज्न नवौं शिखर सम्मेलन


काठमाडौं । आठौं सम्मेलनमा आउँदासम्म अस्तित्व हराएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नवौं शिखर सम्मेलनमा भने आफ्नो अस्तित्वको खोजी गर्ने भएको छ । गुमनाम जसरी बसेको परिषद्लाई यो शिखर सम्मेलनले अस्तित्व जगाउने अवसरका रुपमा हेरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले नवौं शिखर सम्मेलनमा आइपुग्दा अब, परिषद्को अस्तित्व खोजी गर्ने समय भएको बताए । उनले यही शिखर सम्मेलनले यसको अस्तित्व खोजी गर्ने पनि स्पष्ट पारे ।

करिब ५ सय सहभागी हुने अनुमान गरेको सम्मेलन चैत २८ र २९ गते हुदैछ । जहाँ देश तथा विदेशका केही विज्ञ अनुसन्धानकर्ताले आफ्ने प्रस्तुती दिने छन् । नेपालीहरू विदेशमा गएर ठूलाठूला अनुसन्धानकर्ता बन्ने तर, नेपालमा किन नबन्ने प्रश्न समेत उठेको छ ।

परिषद्का अनुसार वर्षमा ३ हजारभन्दा बढी प्रपोजल अनुसन्धानका लागि पर्ने गर्छन् । तर, अधिकाशं अनुसन्धानका कुनै गुणस्तर र त्यसको प्रभाव छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका अनुसन्धान राज्यले स्वीकार गर्न सकेको अवस्था छैन । यसको मुख्य कारण भनसुनमा नेताका मान्छे र कार्यकर्तार्ला अनुसन्धान गर्न स्वीकृत दिनु हो । अधिकारीहरू भन्छन् सक्कली अनुसन्धान कर्ता भन्दा पनि सम्बन्धले बनेका अनुसन्धानकर्ताले समस्या उब्जाएको छ ।

झोलामा र पेपरमा नाम लेखेको भरमा अब अनुसन्धानकर्ता हुन नसक्ने डा. ज्ञवालीले बताए । परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार अहिले २० हजारभन्दा बढी कर्मचारीलाई अनुसनधानबारे तालिम दिएको छ । सिमित लगानीबाट बृहत्तर लगानी भित्रिएको छ । उनले राष्ट्रिस्तरका नीति निमार्णमा पनि परिषद्को अनुसन्धानले केही सकारात्मक प्रभाव पारेको बताए ।

‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’
आगामी २८ र २९ चैतमा हुने नवौं राष्ट्रिय शिखर सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने तय गरिएको छ ।

सम्मेलनमा १ सय ५० वटा कार्यपत्र प्रस्तुतिकरण हुने बताइएको छ । यस्तै एक दर्जन बढी व्यक्तित्वलाई आमन्त्रित विज्ञको रुपमा प्रस्तुतिका लागि निमन्त्रणा गरिएको समेत परिषद्ले जनाएको छ । सम्मेलनका लागि दुईवटा प्लेनरी सेसन र नौ वटा प्यारालाल सेसन रहने बताइएको छ ।

परिषदका प्रमुख अनुसन्धानकर्ता डा. धिमालले सम्मेलनका लागि जनस्वास्थ्यसँग सम्बन्धित २ सय १ वटा अनुसन्धानका एब्स्ट्राक प्राप्त भएको र त्यसमध्ये १ सय ३७ वटा मौखिक र ६४ वटा पोस्टर प्रस्तुति रहने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com