बागमतीका स्वास्थ्यमन्त्री लामालाई कोभिड संक्रमण


काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई  कोभिड-१९ संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत परिआर परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको जानकारी गराएका छन् ।  स्वास्थ्यमन्त्री लामा अहिले घरमै आइसोलेसनमा बसेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हिजो बेलुकादेखि स्वास्थ्यमा केही असजिलो महसुस भइ घरमा आराम गर्ने निधो गरें। औषधि लिएपछि ठीक होला भन्ने आशा थियो। तर केही सुधार देखिएन । लगत्तै डाक्टरको सल्लाह बमोजिम आज बिहान अस्पतालमा स्वास्थ्य जाँच गर्दा डेंगीको लक्षणसँग मिल्दोजुल्दो भएकोले परीक्षण गरियो तर रिपोर्ट नेगेटिभ आयो । र, COVID-19 परीक्षणको लागि पीसीआर परीक्षण गर्दा भर्खरै पोजेटिभ देखिएकोले घरमै आइसोलेसनमा बस्ने निधो गरेको छु।

यस अवधिमा हिजोदेखि धेरै फोन रिसिभ गर्न सकिरहेको छैन। यसकारण पर्न गएको असुबिधाप्रति क्षमायाचना गर्दै, स्वास्थ्यमा केही सुधार आउनसाथ नियमित जिम्मेवरीमा फर्किने सबैमा अनुरोध गर्दछु । आजको सङ्क्रमित २०२ भित्र म आँफै पनि परें । आहिले डेंगी र COVID-19 सँग मिल्दोजुल्दो भाइरस धेरै मात्रामा फैलिरहेकोले सबैलाई सतर्क रहन अनुरोध गर्दछु। धन्यवाद !’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com