प्रचण्डलाई स्वास्थ्य मन्त्रालय भारी, दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्यसहितका मन्त्रालय भारी पर्न थालेको छ । उनले ती मन्त्रालयमा नयाँ मन्त्री पठाउन दौडधुप गरिरहेका छन् ।

प्रचण्डले आफू नेतृत्वको सरकारले दुई दिनभित्रै पूर्णता पाउने दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अहिले कांग्रेसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या, कानुन, परराष्ट्र, युवाजस्ता मन्त्रालय समेत सम्हालिरहेका छन् । सकारले पूर्णता नपाउँदा उनी तनाबमा देखिन्छन् । पार्टी सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुलाई भेटेर  प्रचण्डले मन्त्री बन्नेको नाम दिन आग्रह गरेका छन् । शेखर-गगन समूहसँग कुरा गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका हुन् ।

सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिँदै गर्दा स्वास्थ्यलगायतका मन्त्रालय खाली छन् । महत्त्वपूर्ण मन्त्रालय खाली रहेपछि सरकारलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्ड तातेका हुन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com