हर्क साम्पाङ कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति छानबिन गराउन अख्तियार पुगे


काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति छानबिन गराउन अख्तियार पुगेका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य, शिक्षा हर्नेलगायतका कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति छानबिन गराउन उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । धरानका कर्मचारी र जनप्रतिनिधिको केही महत्त्वपूर्ण विवरणसहित प्रमुख साम्पाङले उजुरी दिएको अख्तियार स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दिएको छ ।

‘सम्पत्ति छानबिनको फाइल दर्ता गरियो ! हेरौं काम गर्दो रहेछ कि नाइँ !’, प्रमुख साम्पाङले लेखेका छन् । उनले यस अगाडि कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने घोषणा गरेका थिए । त्यसै अनुसार उजुरी दर्ता गराएको देखिन्छ ।

धरान उपमहानगरपालिकाभित्र स्वास्थ्य र शिक्षाका कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ । प्रमुख साम्पाङको कदमले धरान उपमहानगरपालिकाभित्र तरंग उत्पन्न भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #धरान उपमहानगरपालिका, #प्रमुख हर्क साम्पाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com