स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्न प्रयासरत सचिव आचार्यको सरुवा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सार्न प्रयासरत सचिव सुरेश आचार्यको सरुवा भएको छ । सहरी विकास मन्त्रालयका सचिव आचार्यको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको हो । उनको ठाउँमा सतर्कता केन्द्रका सचिव रविन्द्र श्रेष्ठ आएका छन् ।

सचिव आचार्यले सिंहदरबार बाहिर रहेको एकमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई सिंहदरबारभित्र ल्याउन खोजेका थिए । उनले त्यसका लागि प्रस्ताव समेत तयार गरेका छन् । सचिव आचार्यको सरुवासँगै स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने कुरा बिलम्ब हुन सक्ने सम्भावना छ ।

‘सहरी विकास सचिव आचार्यको तदारुकताले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने कुरा निकै अगाडि बढिसकेको थियो । अब के हुन्छ भन्न सकिन्न । ‘,सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने । सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्यलाई सिंहदरबारभित्र सार्नुको विकल्प छैन । सहरीमा जो सचिव आएपनि यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #सहरी विकास सचिव सुरेश आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com