लागु औषध दुर्व्यसनविरूद्ध उभिएका हर्क साम्पाङ


काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राई लागु औषध दुर्व्यसनविरुद्ध उभिएका छन् । उनले प्रत्येक शुक्रबार लागु औषध दुर्व्यसनविरुद्धको सचेतना भेला गर्दै आएका छन् ।

शुक्रबारलाई सुधारबार नामाकरण गर्दै मेयर साम्पाङले नियमित रूपमा लागु औषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका हुन् । उनले आज बेलुका ५ बजे धरान १७ साकेला पार्क पश्चिममा रहेको पृथ्वी चौकमा लागु औषध दुर्व्यसनविरुद्धको सचेतना भेला राखेका छन् ।

लागु औषध दुर्व्यसनी नियन्त्रण नगरे युवा नसुध्रने र यसले समाजलाई ठूलो क्षती पुर्‍याउने मेयर साम्पाङको तर्क छ । समाज र युवालाई लागु औषध दुर्व्यसनबाट जोगाउन सबै जाग्नु पर्ने उनको भनाइ छ ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङले सुधारबारको लागु औषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिने बताए । यो अभियानले सकारात्मक परिणाम ल्याएको उनको बुझाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : #धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राई, #लागु औषध दुर्व्यसनविरुद्धको अभियान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com