मुगु अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पूर्वमुख्यमन्त्री शाहीको जोड


काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पहल थालेका छन् । पूर्वमुख्यमन्त्री शाही र कोइका(कोरियाली सरकार)कोतर्फबाट कन्ट्री डाइरेक्टरसहितको टिमबीच भएको भेटमा  मुगु अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने कुराकानी भएको छ ।

भेटमा सहभागी राजबहादुर रोकायका अनुसार कोइका(कोरियाली सरकार)कोतर्फबाट कन्ट्री डाइरेक्टरले मुग अस्पतालको संचालन तथा स्तरवृद्धिलगायत अन्य सहयोगको विषयमा चासो व्यक्त गरेका थिए । मुगु अस्पताललाई ५० शय्या अस्पतालमा स्तरवृद्धि गर्न संवेदनशिलताकासाथ गम्भीर भएर लागिपरेको र यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुने कोइका टिमलाई पूर्वमुख्यमन्त्री शाहीले आश्वस्त पारेका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका शाहीले कोइकाको टिमसँग कर्णाली प्रदेशको समग्र विषयमा कुरा भएको हो । सुविधा सम्पन्न मुगु अस्पतालको निर्माणलगायत अन्य जिल्लामा स्वास्थ्य पूर्वाधारसहित स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा कोरिया सरकारको योगदनको लागि कर्णालीबासीको तर्फबाट पूर्वमुख्यमन्त्री शाहीले धन्यवाद समेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्री हुँदा मुगु अस्पतालको स्थलगत निरीक्षण गर्दा कोइकाबाट निर्माण भएको अस्पताल भवन संरचना गुणस्तरीय पाउदा खुःसी लागेको शाहीले बताए । कोइकाको टिम र पूर्वमुख्यमन्त्री शाहीबीच कर्णाली प्रदेशको समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : ## मुगु जिल्ला अस्पताल, #कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, #कोइका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com