डा. बद्री रिजालले ट्रमा सेन्टरको मेसुको रुपमा पदभार सम्हाले


काठमाडौं । डा. बद्री रिजालले राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को रुपमा पदभार ग्रहण गरेका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्र बुझेर मेसुको पदभार सम्हालेका हुन् ।

डा. रिजाललाई निवर्तमान प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जिम्मेवारी हस्तान्तरण गरेका छन् । डा. मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पठाइएको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै डा. रिजाललाई ट्रमा सेन्टरको प्रमुख बनाएका हुन् । उनलाई डा. मरासिनीले स्वागत गर्दै पदभार हस्तान्तरण गरेपछि ट्रमाका कर्मचारीमा उत्साह छाहेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. बद्री रिजाल, #डा. रुद्र मरासिनी, #राष्ट्रिय ट्रमा सेन्टर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com