स्वास्थ्य सचिव समेत रहिसकेका थपलियाद्वारा राजीनामा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको भूमिकामा समेत काम गरिसकेका सचिव रामप्रसाद थपलियाले राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयक  सचिव थपलियाले राजीनामा दिएका हुन् ।

सचिव थपलियाको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो । स्वास्थ्य मन्त्रालय हुँदै विभिन्न मन्त्रालयमा काम गरिसकेका उनी यही असार २४ गते सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर घर जाँदै थिए । त्यसको ५ दिन अगाडि नै सचिव थपलियाले राजीनामा दिएर बाटो तताएका छन् ।

शिक्षा र स्वास्थ्य जस्ता मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिव थपलियालाई सरकारले अवकाशको मुखमा राष्ट्रिय तथ्याङ्क कार्यालयमा दरबन्दी सिर्जना गरेर थन्क्याएको थियो । उनी निर्विवाद सचिव भने होइनन् ।

त्यस्तै पूर्व स्वास्थ्य सचिव यादव कोइराला पनि असार ४ गतेदेखि घर गइसकेका छन् । असार ३ गते घर जाने बैकुण्ठ अर्याल भने मुख्यसचिव बन्न सफल भएका छन् । उनको ठाउँमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्याय रेग्मी बढुवा भएका छन् । अब दिनेशकुमार घिमिरे र लक्ष्मी कुमारी बस्नेत सचिव हुने लाइनमा देखिन्छन् । कोइराला र थपलियाको ठाउँमा घिमिरे र बस्नेत सचिव बढुवा हुनेछन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्य सचिव, #घनश्याम उपाध्याय, #यादवप्रसाद कोइराला, #रामप्रसाद थपलिया

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com