सकारलाई ग्लोवल फण्डको पीआर बन्न नदिन चलखेल


काठमाडौं । ग्लोवल फण्ड हेर्ने सीसीएमले बुधबार नेपाल सरकारलाई प्रमुख प्राप्तीकर्ता (पीआर) बनाउने निर्णय गर्‍यो । स्वास्थ्य मन्त्रालकी अतिरिक्त सचिव संगिता कौशल मिश्राको जोडबलमा उक्त निर्णय भएको हो । तर, नेपाल सरकार पीआर बन्ने भएपछि त्यसबाट फाइदा लिइरहेकाहरू सल्बलाउन थालेको पाइएको छ ।

१ दशक अगाडिदेखि नेपालमा ग्लोवल फण्डको पीआर सेभ द चिल्ड्रेन रहेको छ । अहिले पनि सेभ पहलाे नम्बरमा राम्रो काक गर्ने सस्थामा चुनिएको छ । तर, सरकार आफुमातहत कार्यक्रम ल्याउने अवस्थामा छ ।

नेपाल सरकारकै कमजोरीका कारण नेपालका लागि आएको ग्लोवल फण्डको बजेटमा सेभ द चिल्ड्रेनले चलाएको हाे । उक्त बजेट नेपाल सरकारकै संयन्त्रमार्फत प्रयोग गनुपर्ने मिश्राको जोडबल रहँदै आएको छ । उनकै जोडबलमा बुधबार मात्र ग्लोवल फण्डको पीआर नेपाल सरकार बन्ने निर्णय गरिएको हो ।

सीसीएमले ग्लोवल फण्डको पीआर नेपाल सरकार बन्ने निर्णय गरेसँगै स्वास्थ्य मन्त्रालयका केही उच्च कर्मचारी र केही पूर्वस्वास्थ्यमन्त्रीहरू सल्बलाउन थालेका छन् । उनीहरूले इमेल गरेर नेपाल सरकारलाई ग्लोवल फण्डको पीआर बनाउन नहुने लबिइङ गर्न लागिपरेको छ ।

आश लाग्दा पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य मन्त्रालयकै केही कर्मचारी व्यक्तिगत रूपमा नेपाल सरकारको हितविपरीत चलखेलमा लाग्नु लाजमर्दो विषय हो । उनीहरू सीसीएमको निर्णयलाई असफल पार्ने गरी भित्रभित्रै लागिपर्नुले नियतमाथि समेत शंका गर्ने ठाउँ दिएको छ । नेपाल सरकारलाई ग्लोवल फण्डको पीआर बन्न नदिने चलखेल गर्नेविरुद्ध स्वास्थ्य लाइभले निरन्तर निगरानी गरिरहने छ ।

क्याटेगोरी : समाचार
ट्याग : #ग्लोवल फण्ड, #पीआर, #सीसीएम, #सेभ दी चिल्ड्रेन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com